कुुरिनटार, २३ फागुन । अन्र्तराष्ट्रिय नारी दिवसको अवसर पारेर सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारले सचेतनामुलक र्याली सम्पन्न गरेको छ। सर्वशान्ति माविको बाल क्लबको आयोजनामा र्याली सम्पन्न भएको हो।
र्यालीमा महिला हिंसा अन्त्य गर, लैङ्गिगक समानता कायम गर, छोराछोरी बराबारी, बलात्कारीलाई कारबाही गर महिलाहरुलाई सम्मान गर लगायतका जसचेतनामुलक प्लेकार्ड सहित नारा लगाएका थिए।
सर्वशान्ति माविबाट सुरु भएको र्याली, सर्वशान्ति क्याम्पस गेट, शसस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटार क्याम्प, गाउँपालिकाको परिषद् हुदैँ विद्यालयमा पुगेर समापन गरिएको शिक्षक अर्जुन खत्रीले जानकारी दिनुभयो। भोली अन्र्तराष्ट्रिय नारी दिवस मनाइदैँ छ।