Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

काजकिरियामा सङ्कलित भेटीबाट विद्यालयमा अक्षयकोष

काजकिरियामा सङ्कलित भेटीबाट विद्यालयमा अक्षयकोष

रासस

२२, मंसिर २०८२
काजकिरियामा सङ्कलित भेटीबाट विद्यालयमा अक्षयकोष

लक्ष्मी प्रसाद सापकोटा, पर्वत। यहाँको कुश्मा नगरपालिकास्थित एक परिवारले स्वर्गीय आमाको काजकिरियामा सङ्कलित भेटीबाट विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । स्थानीय युवा वर्ष प्राथमिक विद्यालयमा अक्षयकोषको स्थापना गरिएको हो । परिवारका सदस्यहरूले समाजसेवामा आमाको झुकावलाई निरन्तरता दिने उद्देश्यले मृतकको तेह्रौँ पुण्य तिथिका अवसरमा कोषको स्थापना गरेको मृतकका छोरा विनोद पुरीले जानकारी दिए ।

images

स्व मातापिता देवेन्द्रकुमारी पुरी र करुणाराज पुरीको नाममा स्थापना गरिएको अक्षयकोषमा सुरुआती रूपमा रु एक लाख ५१ हजार ३२५ जम्मा गरिएको छ । परिवारका अनुसार स्व आमाका नाममा सङ्कलित भेटी रकममा थप गरी अक्षयकोष स्थापना गर्न विद्यालयलाई नगद रकम हस्तान्तरण गरिएको हो ।

कोषबाट असहाय, आर्थिक रूपमा कमजोर तथा शैक्षिक रूपमा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरिने विद्यालयका प्रधानाध्यापक खड्कराज पुरीले जानकारी दिए । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राम नेपालीले समाजबाट प्राप्त यस्ता सहयोगले शैक्षिक गुणस्तर वृद्धि गर्न ठूलो योगदान पुग्ने धारणा व्यक्त गरे ।

images
प्रकाशित मिति :मंसिर २२, २०८२ सोमवार - ०९:४०:३४ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology