Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आज १ सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

आज १ सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

इच्छाकामना न्युज

२४, फाल्गुण २०७७
आज १ सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

काठमाण्डौ, २४ फागुन । आज १ सय ११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस मनाउन लागिएको छ ।

images

समान कामको समान ज्याला पाउनुपर्ने भन्दै सन् १९०८ मार्च ८ का दिन अमेरिकाको न्यूयोर्क शहरको कपडा कारखानामा काम गर्ने महिलाहरुले सुरु गरेको आन्दोलनको संझनामा यो दिवस मनाइन्छ । आन्दोलनको १ सय बर्ष पार हुँदा विश्वका अन्य देशका हरेक क्षेत्रमा महिला र पुरुषको समानता भएपनि नेपालका महिलाहरु भने अझै संघर्षरत छन् ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा दिवस मनाउँदै गर्दा नेपालमा अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाका हकमा सरकार खास पहल गर्न सकेको छैन । 

राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना
दिवसका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले व्यवस्था गरेनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको खाँचो महसुस गरेको बताउनुभएको छ । उहाँले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने उल्लेख गर्नुभयो । राष्ट्रपति भण्डारीले नेपालको संविधानले व्यवस्था गरेनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको खाँचो महसुस गरेको पनि बताउनुभयो ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाहरूलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी महिलाविरूद्ध हुने हिंसा अन्त्य गर्न सशक्तिकरण गर्ने सरकारको अभियानमा सबै एक भएर लाग्न आग्रह गर्नुभएको छ। दिवसको अवसरमा प्रधानमन्त्री ओलीले  नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाहरुको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहँदै आएको पनि बताउनुभयो ।

images
प्रकाशित मिति :फाल्गुण २४, २०७७ सोमवार - ०८:५४:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology