Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

देवघाटधाम जेसी वर्ष-२०२६ को अध्यक्षमा अर्जुन सुवेदी

देवघाटधाम जेसी वर्ष-२०२६ को अध्यक्षमा अर्जुन सुवेदी

करिश्मा गुरुङ

२८, मंसिर २०८२
देवघाटधाम जेसी वर्ष-२०२६ को अध्यक्षमा अर्जुन सुवेदी
images

देवघाट ।

images
images

देवघाटधाम जेसीको पाँचौँ वार्षिक साधारणसभा तथा चौथो शाखा अधिवेशनबाट वर्ष २०२६ का लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। अधिवेशनले जेसी अर्जुन सुवेदीलाई अध्यक्षमा चयन गरेको हो। कार्यकारिणी उपाध्यक्षमा जेसी स्वस्तिका धिताल र जेसी सुष्मा गुरुङ चयन भएका छन्।

उपाध्यक्ष पदमा जेसी अजित कुँवर, जेसी अर्जुन सापकोटा, जेसी सन्तोष सुवेदी तथा जेसी कर्णबहादुर गुरुङ चयन भएका छन्।निर्देशक पदमा जेसी सङ्गीता तामाङ, जेसी देवेन्द्र सापकोटा, जेसी गणेश तिवारी तथा जेसी स्वस्तिका आचार्य चयन भएका छन्।

अधिवेशनबाट मनोनित पदाधिकारीहरूमा कानुनी सल्लाहकारमा जेसी सुजन गुरुङ, महासचिवमा जेसी माधव न्यौपाने, कोषाध्यक्षमा जेसी रक्षा कार्की, तालिम आयुक्तमा जेसी डा. सम्राट अधिकारी, सह–सचिवमा जेसी प्रद्युम्न प्याकुरेल तथा अध्यक्ष सहायकमा जेसी करिश्मा गुरुङ चयन भएका छन्। नव–निर्वाचित अध्यक्ष जेसी अर्जुन सुवेदीले देवघाटधाम जेसीलाई अझ सक्रिय, पारदर्शी र युवामैत्री संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले नेतृत्व विकास, सामाजिक सेवा तथा उद्यमशीलता प्रवर्द्धनलाई आगामी कार्यकालका प्रमुख प्राथमिकता बनाइने बताउनुभयो। नव निर्वाचित तथा मनोनित सम्पूर्ण पदाधिकारीहरूलाई २०२५ अध्यक्ष जेसी प्रशन्न ढकालले देवघाटधाम जेसी परिवारको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

images
प्रकाशित मिति :मंसिर २८, २०८२ आइतवार - १७:२८:४७ बजे

करिश्मा गुरुङ

पत्रकार करिश्मा गुरुङ देवघाट सन्देश साप्ताहिक तनहुँमा सह–सम्पादक पदमा कार्यरत हुनुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology