Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

चितवनका गुरुङ समुदायले पहिलो पटक एकै ठाउँमा जम्मा भै तीन दिन तमू ल्होसार मनाइने

चितवनका गुरुङ समुदायले पहिलो पटक एकै ठाउँमा जम्मा भै तीन दिन तमू ल्होसार मनाइने

चितवनका गुरुङ समुदायले पहिलो पटक एकै ठाउँमा जम्मा भै तीन दिन तमू ल्होसार मनाइने

भरतपुर । चितवनमा तमू ल्होसार पर्व खुला चौरमा हुने भएको छ । भरतपुर–१०, विशालचोकस्थित वीरेन्द्र बहुमुखी क्याम्पस (डिग्री भवन)को चौरमा ल्होसार मनाउने तयारी गरिएको हो ।

images

तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवन र तमू प्ये ल्हु संघ चितवनद्वारा संयुक्तरुपमा ल्होसार पर्व मनाउने तयारी गरिएको ह्युल छोँज धीँ चितवनका अध्यक्ष बुद्धिमान गुरूङले जानकारी दिए ।

दुवै संस्थाको संयोजनमा ५० सदस्यीय मूल आयोजक समितिसमेत गठन गरिसकेको उनले बताए । १६ वटा उपसमिति गठन गरिएको छ । अध्यक्ष गुरूङका अनुसार आवश्यकताअनुसार सदस्य सङ्ख्या थप गर्न सकिने छ । यसवर्षको ल्होसार पर्वलाई खुला चौरमा व्यवस्थित तरिकाले मनाउने र चितवन जिल्लामा गुरूङ जातिको बाक्लो उपस्थिति देखाउने योजनासहित तीनखोले गुम्बाभन्दा बाहिर निस्कने तयारी गरिएको उनले बताए ।

यसअघिका वर्षहरुमा ह्युल छोँज धीँ र प्ये ल्हु संघले छुट्टाछुट्टै ठाउँमा अघिपछि गरेर ल्होसार मनाउँदै आएको थियो । तर, यसवर्ष संयुक्तरुपमा एकै ठाउँमा एकै समयमा मनाउने योजनाले थप हौसला प्राप्त भएको तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमूले जानकारी दिए । पुस १३ देखि १५ गतेसम्म तीन दिन कार्यक्रम गरेर विशेष उत्सवकै रुपमा ल्होसार मनाउने तयारी थालिएको उनले बताए ।

‘विगतका वर्षहरुमा तमू प्ये ल्हु संघको पनि विभिन्न इकाइहरुमा आआफ्नो तरिकाले ल्होसार मनाउँदै आएका थियौँ । तर, यसपटक हामी जिल्लाभरका सबै गुरूङहरु खुला ठाउँमा भेला भएर मनाउँछौँ’, उनले भने, ‘त्यसकारण यसपटकको ल्होसार विशेष हुनेवाला छ ।’ तमू जातिको धर्म, संस्कृति र पहिचानसहित आयोजना गरिने कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरुमार्फत मनोरञ्जनलाई विशेष बनाउने योजना रहेको उनको भनाइ छ ।

क्याम्पसको खुला चौर फराकिलो भएको हुँदा प्रदर्शनी कक्षसमेत राखिने तयारी भइरहेको उनले बताए । उनका अनुसार तीनदिने विशेष उत्सवमा करिब ५० वटा प्रदर्शनी कक्ष राखिने छ । खाना तथा खाजासँगै गुरूङ जाति र संस्कृतिसँग सम्बन्धित विषयलाई प्रदर्शनको प्राथमिकतामा राखेको आयोजकले जनाएको छ । आफ्नो उत्पादन एवम् व्यवसाय प्रवद्र्धन गर्न चाहनेहरुका लागि प्रदर्शनी कक्ष दर्ता गर्न सकिने छ ।

तमू ह्युल छोँज धीँ र तमू प्ये ल्हु संघ मुख्य आयोजक भए पनि तमूस्यो ह्युल छोँज धीँ गुरूङ महिला राष्ट्रिय परिषद् चितवन, तमू प्ये ल्हु संघ महिला समिति, तमू प्ये ल्हु संघ युवा समिति चितवन, तमू (गुरूङ) विद्यार्थी छोँज धीँलगायतका भ्रातृ संघसंस्थाहरु सहयोगी भूमिकामा रहने छन् ।

‘हाम्रा पछाडि हाम्रा दुई संस्थासँग सम्बन्धित भ्रातृ संघसंस्थाहरुको साथ छ’, प्ये ल्हु संघ चितवनका अध्यक्ष तमू भन्छन्, ‘विशेषगरी सांस्कृतिक कार्यक्रममा भ्रातृ संस्थाहरुको भूमिका अझ विशेष हुन्छ ।’

images
प्रकाशित मिति :पौष १, २०८२ मंगलवार - ०८:१९:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology