Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

भारतमा आजदेखि बजेट अधिवेशन सुरु हुँदै 

भारतमा आजदेखि बजेट अधिवेशन सुरु हुँदै 

एजेन्सी

२४, फाल्गुण २०७७
भारतमा आजदेखि बजेट अधिवेशन सुरु हुँदै 
images

भारतमा आजदेखि दोस्रो चरणको बजेट अधिवेशन सुरु हुँदैछ। अधिवेशनमा आर्थिक विधेयकसँगै कर सम्बन्धी प्रस्तावहरु पनि पेस गरिने बताइएको छ। सरकारले त्यस बाहेक अन्य केही महत्वपूर्ण र नियमित प्रस्तावहरु पनि संसद बैठकमा पेस गर्ने तयारी गरेको छ।

images
images

फेबु्रवरी १ तारिखमा संसदमा बजेट टेबुल भएको थियो। पश्चिम बंगाल, तमिल नाडु, आसाम, केरला र पोन्डीचेरीमा विधानसभाको निर्वाचन हुन लागेकाले यो संसद अधिवेशनलाई दलहरुले निर्वाचन लक्षित हुनेगरी उपयोग गर्ने तयारी गरेका छन् । ती प्रदेशहरुमा यही मार्चदेखि अप्रिलसम्म निर्वाचन हुने तय भएको छ।

आज सुरु हुने दोस्रो चरणको बजेट अधिवेशन आगामी अप्रिल ८ मा सक्ने योजना रहेको छ । पहिलो चरणको बैठक गत जनवरी २९ देखि सुरु भएको थियो । पहिलो दिन केन्द्रीय दुवै सदनलाई राष्ट्रपति रामनाथ कोविन्दले सम्बोधन गर्नुभएको थियो । भारतमा केन्द्रीय संसदले बनाएको कृषि सम्बन्धी तीन ओटा कानुनलाई लिएर किसानहरुले लामो समयदेखि देशव्यापी आन्दोलन गर्दै आएका छन्।यही विधेयकका कारण पहिलो चरणको बजेट अधिवेशन प्रभावित भएको थियो।

संसदमा प्रतिनिधित्व गर्ने भारतीय राष्ट्रिय काँग्रेस समेत २० भन्दा बढी दलले सरकारले ल्याएको कृषि विधेयकको विरोधसँगै संसद बैठक बहिस्कार गरेका थिए।

images
प्रकाशित मिति :फाल्गुण २४, २०७७ सोमवार - ०९:०३:३९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology