Logo

बुधवार, कार्तिक २६ गते २०८३

images
२०८३, कार्तिक २६ गते
images

भुम्दिकोट तमू समाज आमा समूह पोखराको न्यानो ल्होछार : आधामाराका विद्यार्थी र विपन्न समुदायलाई न्यानो कपडा वितरण

भुम्दिकोट तमू समाज आमा समूह पोखराको न्यानो ल्होछार : आधामाराका विद्यार्थी र विपन्न समुदायलाई न्यानो कपडा वितरण

images
भुम्दिकोट तमू समाज आमा समूह पोखराको न्यानो ल्होछार : आधामाराका विद्यार्थी र विपन्न समुदायलाई न्यानो कपडा वितरण
images

पाँचकिलो । कास्कीको पोखरामा स्थापित भुम्दिकोट तमू समाज पोखराको आमा समूहले तमू ल्होछारको पूर्वसन्ध्यामा न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरेको छ । समूहले शनिबार चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित पाँचकिलोमा एक कार्यक्रमको आयोजना गरि न्यानो ल्होछार अभियान अन्तर्गत न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको हो । 

a459a588-402b-4901-bf54-b9778c8b30cc.jpeg

समाजको आमा समूह अध्यक्ष झुमा गुरुङको सभापतित्व तथा इच्छाकामना गाउँपालिका वडा नं. ६ का वडाध्इक्ष लक्ष्मण चेपाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आधामारामा रहेको राष्ट्रिय आधारभुत विद्यालयका करिब ८० जना विद्यार्थी र १७ घर स्थानीय विपन्न परिवारलाई शैक्षिक सामाग्री र न्यानो कपडा वितरण गरेको हो ।

c3d65935-826a-4e2c-90bd-2dd73cd5a6fa.jpeg

कार्यक्रमलाई सम्बोन्धन गर्दै समूहले विगत वर्षहरुमा जस्तै यस वर्ष पनि न्यानो ल्होछार अभियान अन्तर्गत विपन्न परिवार र विद्यार्थीलाई तमू मै ताँ फाउण्डेशनसँगको समन्वयमा न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरिएको समूहका अध्यक्ष झुमा गुरुङले बताउनुभयो । ‘हाम्रो गुरुङ समुदायको ल्होछारमा हामी मात्रै खाने पिउने रमाउने हैन अरुलाई पनि बाडेर रमाउने अभिप्रायले यो जाडोमा हामी न्यानो बाड्न आएका हौं । –उहाँले भन्नुभयो ।

78a57e75-fb72-48a9-87a4-5e47b41527b2.jpeg

यस्तै कार्यक्रमका प्रमुख अतिथि इच्छाकामना गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष लक्ष्मण चेपाङ आफ्नो वडाका विपन्न समुदाय र विद्यार्थीलाई यो जाडोमा न्यानोपन बाड्न आउनुभएकोमा समाजका सबै दानविर महानुभावहरुलाई स्वागत र धन्यवाद दिनुभयो ।

bbe97979-3a57-40dd-8cd7-972cd3a67095 (1).jpeg

समाजले गुरुङ समुदायको महान पर्व तमू ल्होसारको अवसर पारेर २०७५ साल देखि हरेक वर्षको पौष ५ गते न्यानो ल्होसार अभियान अन्तर्गत विभिन्न स्थानका विपन्न समुदायका लागि न्यानो कपडा, खाद्यान्न र विद्यार्थीहरुका लागि न्यानो कपडा, शैक्षिक सामाग्री, पौष्टिक आहारहरु वितरण गर्ने गरिएको भुम्दिकोट तमू समाज पोखराको आमा समूह सचिव देउताकुमारी गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार समाजले यो वर्ष मात्रै करिब २ लाख रुपैयाँ बराबरको न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको हो ।

73e94973-b50b-4448-941b-098da78acedf.jpeg

समाजले विषेश गरेर समूहमा आवद्ध करिब ६४ घर परिवार सदस्यबाट सहयोग रकम संकलन गरि न्यानो ल्होसार अभियान संचालन गर्ने गरेको छ । यद्यपी यसमा समूहमा आवद्ध नभएका अन्य केही दानविरहरुले समेत सहयोग गर्ने गरेको समूहका सचिव गुरुङले बताउनुभयो । 

1ee73b7b-e63a-4747-92d8-780fd27a65ac.jpeg

यसैगरी समाजको न्यानो ल्होसार अभियानसँग सहकार्य गर्दै तमू धीं युके आमा समूहले भुम्दिकोट तमू समाज पोखराको आमा समूहलाई नगद ७० हजार रुपैयाँ प्रदान गरेको छ । सो रकम तमू धीं युके आमा समूहको प्रतिनिधिको पमा पूर्व महासचिव यसोदा गुरुङले भुम्दिकोट तमू समाज पोखराको आमा समूहका अध्यक्ष झुमा गुरुङलाई हस्तान्तरण गर्नुभयो । 

21a3c33d-6f63-48be-8c68-da380038bacc.jpeg

images
प्रकाशित मिति :पौष ५, २०८२ शनिवार - १७:५६:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology