Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

टी-२० विश्वकपका लागि क्यानले बन्द प्रशिक्षणमा बोलायो २४ खेलाडी

टी-२० विश्वकपका लागि क्यानले बन्द प्रशिक्षणमा बोलायो २४ खेलाडी

टी-२० विश्वकपका लागि क्यानले बन्द प्रशिक्षणमा बोलायो २४ खेलाडी

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को छनोटका लागि २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

images

आइतबार क्यानले नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई समावेश गर्दै बन्द प्रशिक्षणका लागि प्रारम्भिक खेलाडीलाई बोलाएको हो ।  क्यानले एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल, विनोद भण्डारी, इसान पाण्डे, रुपेश सिंह, अविनास बोहोरालगायतलाई समेटेको छ ।

टिममा रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, आदिल आलम, करण केसी, साहब आलम, शेर मल्ल, भीम सार्की, इशान पाण्डे, बसिर अहमद, बिनोद भण्डारी, अविनाश बोहोरा, प्रतिश जिसी र रुपेश सिंह रहेका छन् ।

आईसीसी विश्वकप आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुनेछ । विश्वकपका लागि तयारी क्याम्प सोमबारदेखि सुरु हुने क्यानले जनाएको छ । 

नेपालको समूह बंगलादेश, इङल्यान्ड, इटाली र वेष्ट इण्डिज रहेका छन् । नेपालले पहिलो खेल आगामी फेब्रुअरी ८ मा इङल्यान्डसँग, फेब्रुअरी १२ मा इटाली, १५ मा वेष्ट इण्डिज र १७ मा बंगलादेशसँग खेल्ने छ । नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वाङखडे स्टेडियममा खेल्ने छ ।

images
प्रकाशित मिति :पौष ७, २०८२ सोमवार - ०९:२७:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology