Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

रिप गाउँमा आगलागी : दुई घाइते, पाँच घरमा क्षति

रिप गाउँमा आगलागी : दुई घाइते, पाँच घरमा क्षति

इच्छाकामना न्युज

११, पौष २०८२
रिप गाउँमा आगलागी : दुई घाइते, पाँच घरमा क्षति
images

नन्द सिंह, रलिङ (हुम्ला)। सर्केगाड गाउँपालिका– २ स्थित रिप गाउँमा आगलागी हुँदा दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घर जलेको स्थानीय बिजय फडेराले जानकारी दिनुभयो ।

images
images

फडेराका अनुसार बिहीबार राति ११ बजे लैबा फडेरोको घरबाट अचानक सुरु भएको आगलागीमा परेर स्थानीय लैबा फेडेरा र बम्बु फडेर घाइते हुनुभएको छ ।

आगोमा परेर दुवैजनाको शरिर निकै जलेको र घाइेते दुबैजनालाई थप उपचारका लागि जिल्ला अस्पताल सिमकोट ल्याउने तयारी भइरहेको छ । आगलागीबाट रिप गाउँका लैबा फडेरा, जयराम फडेरा, रमेश महतारा, मोहन महतारा, क्रान्ति फडेराको घर जलेर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

‘‘क्षतिबारे एकिन विवरण छैन,’’ आगलागि नियन्त्रणमा खटिनुभएको बिजय फडेराले भन्नुभयो, ‘‘राति आगलागी भएका कारण नियन्त्रणमा समय लागेको थियो ।’’

रिप गाउँ र छिमेकी उनापानीका स्थानीयको पहलमा बिहान २ः३० बजेतिर आगो नियन्त्रणमा आएको फडेराले जानकारी दिनुभयो ।

अगालागीको जानकारी पाउने वित्तिकै सर्केगाड प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । ‘‘सर्केगाड प्रहरी चौकीबाट खटिएको टोली आगो नियन्त्रणमै लागेकाले क्षतिको विवरण एकिन गर्न सकिएको छैन’’ जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख इनिस्पेक्टर विष्णु श्रेष्ठले भन्नुभयो, ‘‘घटनामा घाइते भएका दुई जनालाई सिमकोट ल्याउने काम भइरहेको छ भने अहिले आगो नियन्त्रणमा ल्याइएको छ ।’’

घटनास्थलमा अहिले सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाया र उपाध्यक्ष देविका तिमिल्सीना लगायतको टोली उद्धार र राहत सामग्रीसहित पुगेको बताइएको छ ।

images
प्रकाशित मिति :पौष ११, २०८२ शुक्रवार - ०८:०६:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology