Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

बी डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबको हार

बी डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबको हार

इच्छाकामना न्युज

२४, फाल्गुण २०७७
बी डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबको हार
images

काठमाण्डौ, २४ फागुन । सहिद स्मारक बी डिभिजन लिग फुटबलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लबले पहिलो हार व्यहोरेको छ । आज भएको खेलमा मध्यपुर युथ एसोसियसनसँग २ – १ गोल अन्तरले पराजित हुँदै सातदोबाटोले पहिलो हार व्यहोरेको हो ।

images
images

एन्फा कम्प्लेक्स सातदोबाटोमा मध्यपुरलाई जित दिलाउन कैलाश लामिछाने खत्री र सन्नी लामाले एक एक गोल गर्नुभयो  । सातदोबाटोका माल्डिना आङथुपुले एक गोल फर्काउनुभयो  । मध्यपुरसँग पराजित भएपनि सातदोबाटो १० खेलमा २५ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ ।

सातदोबाटो दुई खेल अगाबै ए डिभिजनमा बढुवा समेत भईसकेको छ ।  मध्यपुरले १० खेलमा १३ अंक जोडेको छ । मध्यपुर छैटौं स्थानमा उक्लिएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २४, २०७७ सोमवार - २१:३०:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology