फिस्लिङ । त्रिशुली नदिमा साहसिक खेल कायकिङ प्रतियोगिता सम्पन्न भएको छ । हिमालयन रिभर गाइड एसोसिएसन नेपाल हर्गानको आयोजनामा चितवनको इच्छाकामना ३ फिस्लिङस्थित त्रिशुली नदिमा दुई दिने प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा फ्रि स्टाइलतर्फ रविन चेपाङ, प्रथम भएका छन् । उनले १५ हजार नगद प्राप्त गरेका छन् । अमृत थापा दोश्रो र मोहन राना तेश्रो भएका छन् । उनीहरुले क्रमशः नगद १० र ५ हजार प्राप्त गरेका छन् ।
बोर्डर क्रसतर्फ राजन कँडेल प्रथम भएका छन् । त्यसै गरि मोहन राना दोश्रो र लक्ष्मण गुरुङ तेश्रो भएका छन् । उनीहरुले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद प्राप्त गरेका छन् । प्रतियोगिताको जर्जमा अनुप गुरुङ, सुक्र लामा, टपन गुरुङ, भिष्मराज थपलिया, विकास गुरुङ, रमेश गुरुङ र जीवन गुरुङ रहेका थिए ।