Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

चितवनमा सम्पन्न प्रथम तमू ल्होसारको आय साढे ११ लाख खर्च १६ लाख

चितवनमा सम्पन्न प्रथम तमू ल्होसारको आय साढे ११ लाख खर्च १६ लाख

इच्छाकामना न्युज

२०, पौष २०८२
चितवनमा सम्पन्न प्रथम तमू ल्होसारको आय साढे ११ लाख खर्च १६ लाख

भरतपुर । तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवन र तमू प्ये ल्हु संघ चितवनले तमू ल्होसार पर्वको आयव्यय सार्वजनिक गरेको छ । शनिबार तमू ह्युल छोँज धीँ चितवनको कार्यालयमा भएको समीक्षात्मक बैठकसँगै कार्यक्रममा भएको आयव्यय सार्वजनिक गरिएको हो ।

images

तमू ल्होसार पर्व–२०८२ की आर्थिक संयोजक विमला गुरूङका अनुसार तीन दिनसम्म भएको भव्य समारोहमा ११ लाख ५६ हजार ५२० रूपैयाँ आम्दानी हुँदा १६ लाख १२ हजार ३१० रूपैयाँ खर्च भएको छ । कार्यक्रम सम्पन्न गर्नका लागि तमू ह्युल छोँज धीँ चितवनले चार लाख, तमू प्ये ल्हु संघ चितवनले दुई लाख ९९ हजार ५२० रूपैयाँ रकम सङ्कलन गरेको थियो ।

तीन दिनसम्म राखिएको व्यावसायिक कक्ष (स्टल)बाट दुई लाख ४० हजार रूपैयाँ सङ्कलन भएको आर्थिक समितिकी संयोजक गुरूङद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । कार्यक्रम स्थलमा ३० वटा व्यावसायिक कक्ष राखिएको थियो । अन्य रकम भने विभिन्न दाताहरुबाट प्रायोजन भएको थियो ।

कार्यक्रम सम्पन्न गर्नका लागि मूल आयोजक समितिद्वारा ३९ वटा शीर्षकमा खर्च गरिएको थियो । प्रतिवेदनअनुसार आम्दानीभन्दा चार लाख ५५ हजार ७९० रूपैयाँ खर्च बढी देखिएको छ । कबोल गरिएका दाताहरुबाट सङ्कलन गरेपछि अपुग रकम पूर्ति हुने उनले बताइन् ।

कार्यक्रममा सबैभन्दा ठूलो रकम टेन्टमा खर्च भएको छ । जसमा तीन लाख ६४ हजार ९०० रूपैयाँ खर्च भएको छ । यातायातमा दुई लाख ३६ हजार चार सय, सांस्कृतिक कार्यक्रममा एक लाख ५० हजार, कार्यक्रममा आवश्यक विभिन्न प्रकाशनमा एक लाख ३० हजार २२५ र साउन्ड सिस्टममा एक लाख १५ हजार रूपैयाँ खर्च भएको छ ।

समीक्षाका क्रममा कार्यक्रम भव्यरुपमा सफल भएको निष्कर्ष निकालिएको छ । पहिलोपटक दुई संस्थाले संयुक्तरुपमा मनाएको ल्होसार सोचेभन्दा राम्रो भएको दुवै संस्थाले दाबी गरेका छन् । आगामी दिनमा पनि दुवै संस्था मिलेर कार्यक्रम गर्न तयार हुने तमू ह्युल छोँज धीँ चितवनका अध्यक्ष बुद्धिमान गुरूङ र विक्रम च्हम्रु तमूले प्रतिबद्धतासमेत जाहेर गरेका छन् । पुस १३, १४ र १५ गते विशालचोकस्थित वीरेन्द्र बहुमुखी क्याम्पसको मैदानमा कार्यक्रम आयोजना गरिएको थियो ।

images
प्रकाशित मिति :पौष २०, २०८२ आइतवार - ०९:५०:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology