Logo

बुधवार, कार्तिक २६ गते २०८३

images
२०८३, कार्तिक २६ गते
images

गोन्जालो गार्सियाको ह्‍याट्रिकमा रियल मड्रिडको फराकिलो जित

गोन्जालो गार्सियाको ह्‍याट्रिकमा रियल मड्रिडको फराकिलो जित

images

एजेन्सी

२१, पौष २०८२
गोन्जालो गार्सियाको ह्‍याट्रिकमा रियल मड्रिडको फराकिलो जित
images

स्पेनिस लालिगा फुटबलमा रियल मड्रिडले फराकिलो जित हासिल गरेको छ । गएराति भएको खेलमा रियल मड्रिडले रियल बेटिसलाई ५-१ गोलअन्तरले हराएको हो । रियलको जितमा गोन्जालो गार्सियाले ह्‍याट्रिक गरे भने राउल एसेन्सियो र फ्रान गार्सियाले एक-एक गोल गरे । बेटिसका चुचो हर्नान्डेजले गरेको गोल सान्त्वना बन्यो ।

खेलको २०औं मिनेटमा गोन्जालोले गोल गरेका थिए । दोस्रो हाफको ५०औं मिनेटमा गोन्जालोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता पनि दोब्बर पारे । ५६औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई ३-० ले अगाडि राखे । ६६औं मिनेटमा चुचोले गोल गर्दै गोलअन्तर घटाए ।

८२औं मिनेटमा गोन्जालोले ह्याट्रिक पूरा गरे । इन्जुरी समयमा फ्रानले गोल गरेपछि रियल ५-१ ले विजयी भयो । जितपछि रियलले शीर्षस्थानको बार्सिलोनासँग अंकदूरी घटाएको छ । रियलको १९ खेलबाट ४५ अंक भएको छ । बार्सिलोनाको ४९ अंक छ ।

पराजित बेटिस २८ अंकसहित छैटौं स्थानमा छ ।

images
प्रकाशित मिति :पौष २१, २०८२ सोमवार - १०:२६:२२ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology