Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

२२ हजार ५ सय मेट्रिक टन युरिया मल आज नेपाल आइपुग्दै 

२२ हजार ५ सय मेट्रिक टन युरिया मल आज नेपाल आइपुग्दै 

सिआईएन

२५, फाल्गुण २०७७
२२ हजार ५ सय मेट्रिक टन युरिया मल आज नेपाल आइपुग्दै 

काठमाण्डौ, २५ फागुन । सरकारले बंगलादेशसँग जिटुजी (सरकार सरकार बीचको सम्झौता) मार्फत खरिद गरेको २२ हजार ५ सय मेट्रिक टन युरिया मल आज नेपाल आइपुग्दैछ । बंगलादेशबाट खरिद गर्ने भनिएको ५० हजार मेट्रिक टन मलमध्ये पहिलो चरणमा २२ हजार ५ सय मेट्रिक टन युरिया मल आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।

images

कलकत्ताबाट रेलबाट ढुवानी भएको ९ हजार मेट्रिक टन मल विरगञ्ज र ट्रकबाट ढुवानी भएको ५ हजार ६ सय २५ मेट्रिक टन मल विराटनगर आइपुग्ने प्रवक्ता विष्णु प्रसाद पोखरेलले सीआइएनलाई जानकारी दिनुभयो । त्यस्तै ट्रकबाटै ढुवानी भैरहेको ७ हजार ८ सय ७५ मेट्रिक टन मल भैरहवा आइपुग्ने उहाँको भनाइ छ । तीनवटै नाकाबाट साँझसम्ममा २२ हजार ५ सय मेट्रिक टन मल नेपाल भित्रने तयारीमा रहेको उहाँको भनाई छ । बाँकी २७ हजार मेट्रिक टन युरियामध्ये दोस्रो चरणमा १० हजार र तेस्रो चरणमा १७ हजार ५ सय मेट्रिक टन मल नेपाल ल्याइने प्रवक्ता पेखरेलले बताउनुभयो ।

दोस्रो चरणको १० हजार मेट्रिक टन मल पनि केहि दिनमैं भारतको कलकत्ता आइपुग्ने जानकार िपा्राप्त भएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २५, २०७७ मंगलवार - ०८:५५:५१ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology