Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मनकामना केबुलकारमा बसले मोटरसाईकललाई ठक्कर दिदा शहिद लखन २ का जीवन परियारको मृत्यु

मनकामना केबुलकारमा बसले मोटरसाईकललाई ठक्कर दिदा शहिद लखन २ का जीवन परियारको मृत्यु

इच्छाकामना न्युज

२०, माघ २०८२
मनकामना केबुलकारमा बसले मोटरसाईकललाई ठक्कर दिदा शहिद लखन २ का जीवन परियारको मृत्यु

कुरिनटार । पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ केबुलकार गेटअगाडि आज बिहान बसको ठक्करबाट घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ ।

images

गोरखा जिल्लाको सहिद लखन गाउँपालिका–२ बस्ने अन्दाजी ३४ वर्षीय जीवन परियारको उपचारका क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३३६८ नम्बरको बसले परियारलाई बिहान ८ः५३ बजे ठक्कर दिएको थियो । घाइते परियारलाई उपचारका लागि भरतपुर लगिएकामा १०ः२७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

कैलाली लम्कीचुवा नगरपालिका–१२ का ४२ वर्षीय चालक सुभाष विश्वकर्मा र बसलाई इलाका प्रहरी कार्यालयको नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :माघ २०, २०८२ मंगलवार - १३:२२:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology