Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

बी डिभिजन लिग फुटबलमा श्री भगवती क्लबले जित 

बी डिभिजन लिग फुटबलमा श्री भगवती क्लबले जित 

इच्छाकामना न्युज

२५, फाल्गुण २०७७
बी डिभिजन लिग फुटबलमा श्री भगवती क्लबले जित 
images

काठमाण्डौ, २५ फागुन । सहिद स्मारक बी डिभिजन लिग फुटबलको आफ्नो अन्तिम लिग खेलमा श्री भगवती क्लबले जित निकालेको छ । आज भएको खेलमा श्री भगवतीले ब्वाइज युनियन क्लबलाई २ – १ गोल अन्तरले पराजित गरेको हो ।

images
images

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा श्री भगवतीलाई जित दिलाउन नवराज गुरुङ र प्रज्वल थापा मगरले एक एक गोल गर्नुभयो  । ब्वाइजका टंक बहादुर स्याङतानले एक गोल फर्काउनुभयो  ।

जितसँगै श्री भगवती पाँचौं स्थानमा उक्लिएको छ । श्री भगवतीले ११ खेलमा १५ अंक जोडेको छ । ब्वाइज ११ खेलमा १७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण २५, २०७७ मंगलवार - १९:४०:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology