Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

साहित्यकार गौरी तमूको नयाँ कविता सङ्ग्रह ‘सैँप्रोल’ काठमाडौंमा विमोचन

साहित्यकार गौरी तमूको नयाँ कविता सङ्ग्रह ‘सैँप्रोल’ काठमाडौंमा विमोचन

इच्छाकामना न्युज

२५, माघ २०८२
साहित्यकार गौरी तमूको नयाँ कविता सङ्ग्रह ‘सैँप्रोल’ काठमाडौंमा विमोचन

काठमाडौं । साहित्यकार गौरी तमूको नयाँ कविता सङ्ग्रह ‘सैँप्रोल’ राजधानी काठमाडौंमा विशेष समारोहका बीच विमोचन गरिएको छ। इन्डिगो इन्कद्वारा प्रकाशित कृतिको विमोचन माघ २४ गते शनिबार, कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भयो।

images

लेखनाथ हलमा आयोजित कार्यक्रममा ‘सैँप्रोल’ माथि परिचर्चा पनि गरिएको थियो। कार्यक्रममा लेखक राजन मुकारुङ, डा. रजनी ढकाल र दीपक सापकोटाले कृतिमाथि आफ्ना धारणा राखे।

वक्ताहरूले ‘सैँप्रोल’ लाई गुरुङ समुदायको मिथक, पहिचान र महिला आवाजलाई सशक्त रूपमा प्रस्तुत गर्ने कविता सङ्ग्रहका रूपमा मूल्याङ्कन गरे। यस कृतिमा आदिवासी ज्ञान र समकालीन चेतनाको सुन्दर संयोजन देखिने उनीहरूको भनाइ थियो।

यसअघि पोखरामा पनि विमोचन भइसकेको ‘सैँप्रोल’ लाई आदिवासी साहित्यको महत्वपूर्ण कृति मानिएको छ। कार्यक्रममा साहित्य प्रेमी, पत्रकार र शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

गौरी तमूको यसअघि ‘समैं दर्बानी’ नामक मुक्तक सङ्ग्रह प्रकाशित भइसकेको छ।

images
प्रकाशित मिति :माघ २५, २०८२ आइतवार - १४:३६:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology