Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

चितवनको भरतपुरमा स्कार्पियोले अटोलाई ठक्कर दियो, एकको मृत्यु, चार घाइते

चितवनको भरतपुरमा स्कार्पियोले अटोलाई ठक्कर दियो, एकको मृत्यु, चार घाइते

images

इच्छाकामना न्युज

२९, माघ २०८२
चितवनको भरतपुरमा स्कार्पियोले अटोलाई ठक्कर दियो, एकको मृत्यु, चार घाइते
images

भरतपुर । चितवनको भरतपुर महानगरपालिका–७ प्रेमबस्ती स्कुलचोकमा स्कार्पियोले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आज बिहान करिब ४ बजेको समयमा गीतानगरबाट भरतपुरतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ह २३८८ नम्बरको अटोलाई भित्री सडकबाट आउँदै गरेको बा.प्र. ०१–०२९ च १४१७ नम्बरको स्कार्पियोले ठक्कर दिएको हो। दुर्घटनामा अटोमा सवार चितवन माडी नगरपालिका–७ निवासी ४४ वर्षीय मिनबहादुर खत्री क्षेत्री गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर लगिएकोमा चिकित्सकले बिहान ५ः०५ बजे मृत घोषणा गरेका थिए ।

त्यस्तै, ७२ वर्षीया हरिकला खत्रीको दाहिने खुट्टा भाँचिएको छ भने ४५ वर्षीया अम्बिका जिसीको दाहिने खुट्टा र टाउकोमा भित्री चोट लागेको छ। २२ वर्षीय अमित खत्री क्षेत्रीको हातखुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। अटो चालक भरतपुर–१२ निवासी ३३ वर्षीय सूर्य रिमालको निधारमा चोट लागेको र अवस्था मध्यम रहेको छ।

दुर्घटनाका क्रममा सोही स्थानमा रहेको जनक गिरीको पूजा सामग्री पसलको सटरमा समेत ठक्कर लाग्दा क्षति पुगेको छ। दुवै सवारी साधनमा पनि क्षति भएको प्रहरीले जनाएको छ। स्कार्पियो चालक नवलपुर गैंडाकोट नगरपालिका–६ निवासी ३४ वर्षीय कृष्ण बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय गीतानगरबाट प्रहरी निरीक्षक सागर भुषालको नेतृत्वमा टोली खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

images
प्रकाशित मिति :माघ २९, २०८२ बिहिवार - १०:१०:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology