Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

६ लाख बढीले गरे महाशिवरात्रिमा पशुपतिनाथको दर्शन

६ लाख बढीले गरे महाशिवरात्रिमा पशुपतिनाथको दर्शन

इच्छाकामना न्युज

४, फाल्गुण २०८२
६ लाख बढीले गरे महाशिवरात्रिमा पशुपतिनाथको दर्शन

काठमाण्डौ । महाशिवरात्रीका दिन आइतबार छ लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन्।

images

आइतबार बिहान २ बजेदेखि नै पाशुपत क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको थियो। मध्यरातसम्म दर्शन गर्नेको घुइँचो उस्तै रहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुवास जोशीले जानकारी दिए।

उनले भने, ‘राति ९ बजेसम्म कम्तीमा छ लाख बढीले दर्शन गरेका छन्। दर्शनार्थीको सङ्ख्या अझै बढ्ने देखिन्छ।”

यस वर्ष कम्तीमा आठ लाख भक्तजनले आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ।

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा हुनसक्ने अवाञ्छित गतिविधिलाई सिसी क्यामरा तथा ड्रोनका माध्यमबाट निगरानी गरिएको छ। अवाञ्छित गतिविधि निगरानीका लागि सुरक्षाकर्मीसहितको छुट्टै टोली परिचालन गरिएको विकास कोषका प्रवक्ता जोशीले बताए।

पशुपति क्षेत्रमा आपत्कालीन उद्धार टोली, दमकल र एम्बुलेन्ससमेत तयारी राखिएको छ। भक्तजनको सहजताका लागि एकैपटकमा नौदेखि दश जनासम्मले दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ। शिवरात्रिका लागि छिमेकी मुलुक भारतबाट साधुसन्त र तीर्थयात्री पशुपति आएका छन्।

पशुपति पुग्ने भक्तजनका लागि एम्बुलेन्स सेवा, ७० वटा स्वास्थ्य शिविर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी परिचालन भएका छन्।

वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन्। आज भगवान् शिवको प्रियवस्तु मानिने दूध, धतुरो र बेलपत्र चढाएर पूजा गर्ने गर्छन्। यो दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन छ।

यस वर्ष पशुपतिनामा तीन हजारभन्दा बढी साधुसन्त आएको विकास कोषको अनुमान छ। महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन भकुण्डोलमा नेपाल प्रहरी मूल शिविर रहेको छभने सशस्त्र प्रहरी बलको नेपाल सुरक्षा कमान्ड पोष्ट पशुपतिक्षेत्र नासल चोकमा छ।

images
प्रकाशित मिति :फाल्गुण ४, २०८२ सोमवार - ०९:०७:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology