Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

गत सोमबार क्वारेन्टिनबाट भागेका ७ जनामा कोरोना संक्रमण

गत सोमबार क्वारेन्टिनबाट भागेका ७ जनामा कोरोना संक्रमण

इच्छाकामना न्युज

२८, आश्विन २०७७
गत सोमबार क्वारेन्टिनबाट भागेका ७ जनामा कोरोना संक्रमण

डोटी, २८ असोज
क्वारेन्टिनबाट भागेका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गत सोमबार राति करिब ९ बजे डोटीको शिखर नगरपालिका–१ कपल्लेकीका क्वारेन्टिनबाट भागेर घर गएका  ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
भारतबाट आई क्वारेन्टिन बसेका उनीहरुको शनिबार स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरिएका १६ जनामध्ये १२ जना संक्रमण पुष्टि भएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले जानकारी दिनुभयो।
स्थानीय केदारेश्वर माध्यमिक विद्यालयको क्वारेन्टिनबाट संकलित नमुना जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको थियो । नतिजा पोजेटिभ आएपछि सातै जनालाई मंगलबार साँझ फेरि क्वारेन्टिनमा राखिएको स्वास्थ्य संयोजक शाहले बताउनुभयो।
घरका सदस्यहरुलाई पनि बाहिर जान नदिने र पाँच दिनपछि उनीहरुको स्वाब संकलन गर्ने निर्णय भएको शाहले जानकारी दिनुभयो।
शिखर नगरपालिकामा क्वारेन्टिनबाट घर गएकाहरुको पोजेटिभ रिपोर्ट आएको यो दोश्रो घटना हो। यसअघि वडा नं. ३ को आलीअतुरालीमा पनि संक्रमित घर गएको तेस्रो दिन रिपोर्ट पोजेटिभ आएको थियो ।

images

 

images
प्रकाशित मिति :आश्विन २८, २०७७ बुधवार - ०८:५०:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology