Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

नेपालमा पहिलो पटक ५ जातका अलैंची दर्ता हुने 

नेपालमा पहिलो पटक ५ जातका अलैंची दर्ता हुने 

सिआईएन

२६, फाल्गुण २०७७
नेपालमा पहिलो पटक ५ जातका अलैंची दर्ता हुने 

काठमाण्डौ, २६ फागुन । नेपालमा पहिलो पटक अलैंचीको ५ वटा जात दर्ता हुने भएपछि किसानहरू खुसी भएका छन् । कृषि विभागका महानिर्देशक संयोजकत्वको जात दर्ता तथा अनुमोदन उपसमितिले रामसाई, गोलसाई, डम्बरसाई, भार्लाङ र जिर्मले जातको अलैंची दर्ताका लागि कृषि मन्त्रालयसमक्ष सिफारिस गरेको हो ।

images

अलैँचीको दर्तापछि अन्तर्राष्ट्रिय मान्यतासमेत पाउने यी जातका अलैँचीको खेती गर्ने किसानले मल, बीउ, बिरुवा तथा सिंचाईमा सरकारको सहयोग पाउनेछन् । नेपालमा खेती भैरहेको १४ वटा अलैंचीका जातमध्ये पहिलो चरणमा ५ वटा जात दर्ताका लागि सिफारिस गरिएको समितिका सदस्य तथा अलैंची विकास केन्द्र इलामका निमित्त प्रमुख देवेन्द्र साहूले सीआइएनसँग बताउनुभयो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको जात दर्ता तथा अनुमोदन समितिले स्वीकृत गरेर राजपत्रमा प्रकाशित गरेपछि यी जातहरुले मान्यता पाउनेछन् । धेरै खेती हुने अन्य जातहरु क्रमशः प्राथमिकतामा पर्ने सिफारिस उपसमितिले जनाएको छ ।

नेपालको ५२ जिल्लाका १८ हजार २ सय ७३ हेक्टरमा अलैंची खेती भैरहेको छ भने वार्षिक ७ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । 

images
प्रकाशित मिति :फाल्गुण २६, २०७७ बुधवार - ०८:५५:१७ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology