काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी(एमाले) क्षेत्र नं २, तनहुँ प्रतिनिधिसभाका उम्मेदवार केदार सिग्देलले एमालेले जनपक्षिय काम गरेको वताउनुभयो । प्रतिनिधिसभाको निर्वाचनको सन्र्दभमा तनहुँको क्षेत्र नं २ को रिसिङमा आयोजित मतदाता भेटघाट कार्यक्रम सिग्देलल सो कुरा वताएका हुन् ।
पुर्व प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा एमालेको सरकारले जीवन निर्वाहका लागी वृद्धवृद्धाका लागी वृद्धभत्ता लागु गरेको थियो । जुन भत्ता अहिले जीवनका सारथी वनेको छ । अहिले त्यो रकम माशिक ४ हजार पुगेको छ । यो एमाले सरकारले गरेको हो । एमाले सरकारले एकलभत्ता, विधुवा भत्ता, अपाङ्गभत्ता का साथै विद्यालयमा विद्यार्थीको लागी खाजा खानाको व्यवस्था गरेको छ । यो कामहरु जनपक्षिय काम हुन् । जसलाई जनताले वुझन आवश्यक छ, सिग्देलले भने ।
देशमा गरिव तथा विपन्न वर्गको स्याउला र खरको छानो हटाएर टिनको पाताले छाउने व्यवस्था मिलायो । यो व्यवस्थाले देशका गरिव वर्गलाई धेरै राहत दियो । एमालेको सरकारले देशभरिका स्थानिय तहहरुमा सर्वसुलभ रुपमा जनताले स्वास्थ्य सेवा पाओस भन्ने हेतुले अस्पताल निर्माण गर्यो । यो सवै एमालेको सरकारले गरेको हो, सिग्देलले भने ।
म सासंद हुँदा यस क्षेत्रको गाईघाट गल्याङ सडक खण्ड स्तरोन्नतीको लागी ४० करोड वजेट विनियोजन भएको हो । त्यो वाटो निर्माणमा चरणमा रहेको छ । ठेकेदार कम्पनिको वदमासीको कारण अलपत्र परेको यो वाटो अदालतको निर्णय सँगै अव निरन्तरता पाउने भएको छ । यहि वाटो निर्माणका लागी अव ३० करोडको वजेट टेण्डर पक्रियामा गएको छ । यो सँगै जनताको जित भएको छ । जसले गर्दा गाईघाट देखि गल्याङ सम्म सरर वाटो चल्नेछ । यो सँगै यस भेगका जनताले प्रत्यक्ष लाभ पाउनेछन् ।
यसैगरि शालिकराम करिडोरको काम पनि अगाडी वढेको छ । शाखा वाटोहरुलाई मुख्य वाटो सँग जोड्ने प्रयत्न अव हुनेछ । जननिर्वाचित भईसकेपछि जनताको आवश्यकतालाई ध्यान दिएर काम गरेको छु । जनताको आवश्यकता पुरा गर्ने नै मेरो मुख्य उद्येश्य हुनेछ, उनले भने ।
जनताको चाहना, आवश्यकता र भुगोल सवैभन्दा नजिकवाट चिन्ने र वुझने उम्मेदवार हुँ । मेरो उम्मेदवार जनताको उम्मेदवारी र मेरो जित नै जनताको जित हुदाँ सवैको सहयोगले यो क्षेत्र वनाउन सकिनेछ, सिग्देलको धारणा रहेको थियो ।