Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

वैदेशिक रोजगारीबाट फर्किएकाहरुले अझै रोजगारी पाएनन् 

वैदेशिक रोजगारीबाट फर्किएकाहरुले अझै रोजगारी पाएनन् 

सिआईएन

२६, फाल्गुण २०७७
वैदेशिक रोजगारीबाट फर्किएकाहरुले अझै रोजगारी पाएनन् 

सीता शर्मा, काठमाडौं, २६ फागुन । कोरोना भाइरसको महामारी पछाडी धेरै युवालाई आफ्नै गाउँमा रोजगारी अवसर हुने तीनै तहका सरकारले बताएका छन् । तर, वैदेशिक रोजगारीबाट फर्किएका र देशमै रोजगारी गुमाएर बसेका धेरै जसो युवा रोजगारी पाउन नसकेको बताउँछन् ।

images

झापाको दमक नगरपालिकाले युवाहरुलाई कृषिमा आकर्षित गरी स्वरोजगार बनाउनजग्गा भाडामा दिने योजना ल्याएको छ । नगरपालिकाकाले जग्गा भाडामा लिएर खेतिपाती गर्नेलाई कृषि औजार, मल बिउ, दिनुका साथै एकवर्षको जग्गाको भाडा पनि तिरिदिने गरेको छ । अहिले नगरपालिकाले दिएको १२ विगाहा जग्गामा स्थानीय युवाहरुले खेति गरिरहेका छन् । यसवर्ष नगरपालिकाले थप १३ विगाहा जग्गा भाडामा दिने गरी योजना बनाएको छ ।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले कोरोना महामारीका कारण रोजगारी गुमाएका युवाहरुलाई पशुपालनमा जोड दिंदै सहयोगको योजना बनाएको छ । नगरपालिकाले यो वर्ष युवाहरुको माग बमोजिम बाख्रा वितरण गर्दैछ । ४० लाख बराबरको बाख्रा वितरण गर्ने युवाहरुलाई व्यवसायिक बाख्रा पालनमा सम्लग्न गराउने योजना रहेको नगरपालिका उपप्रमुख खडानन्द बेल्वासेको भनाइ छ ।

दैलेखको गुँरास गाउँपालिकाले विकास कार्यदल बनाएर पालिका भित्रका विकास निमार्णमा युवाहरुलाई समावेश गरेको छ । स्थानीय एक सय ५२ जना युवा विकास दलमा रहेर काम गरीरहेका छन् । यताझापाको अर्जुनधारा नगरपालिकाले भने रोजगारी खोज्न आउने युवाहरुलाई प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत विभिन्न काममा लगाउने गरेको बताएको छ तर नगरपालिका भित्र रोजगारी खोज्ने युवा कम भएको नगर प्रमुख हरी राना बताउनुहुन्छ ।

हरेक दिन नेपालबाट रोजगारी खोज्न एक हजार भन्दा धेरै युवा विदेशिने गरेका छन् । युवाहरुको रोजाईका आधारमा स्थानीय तहले रोजगारीको सिर्जना गर्न सके काम खोज्दै विदेशिनु पर्ने दर कम हुने विज्ञहरु बताउँछन् । 

images
प्रकाशित मिति :फाल्गुण २६, २०७७ बुधवार - ०८:५८:०० बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology