नवलपरासी, २८ असोज
नवलपरासीका एकजना कोरोना संक्रमितको ज्यान गएको छ । सुनवल नगरपालिका–४ का ७७ वर्षीय पुरुषको उपचारको क्रममा कोरोना विशेष अस्पताल बुटवलमा बुधबार बिहान ज्यान गएको हो।
श्वास प्रश्वासमा समस्या आएपछि असोज २६ गते लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएका उनको असोज २७ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।
उपचारको क्रममा बुधबार बिहान २ बजे ज्यान गएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो।