Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

चितवन २ मा पहिले भन्दा बढि मतका साथ रबि लामिछाने विजयी, काँग्रेस बाहेक सबैको जमानत जफत

चितवन २ मा पहिले भन्दा बढि मतका साथ रबि लामिछाने विजयी, काँग्रेस बाहेक सबैको जमानत जफत

इच्छाकामना न्युज

२३, फाल्गुण २०८२
चितवन २ मा पहिले भन्दा बढि मतका साथ रबि लामिछाने विजयी, काँग्रेस बाहेक सबैको जमानत जफत

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ ।

images

मुख्य निर्वाचन अधिकृत केदारप्रसाद पौडेलका अनुसार लामिछानेले ५४ हजार ४ सय २ मत प्राप्त गर्नुभएको छ । अघिल्लो निर्वाचनमा उहाँले ५४ हजार २ सय ७६ मत प्राप्त गर्नुभएको थियो ।

उहाँले नेपाली कांग्रेसकी उम्मेदवार मीना कुमारी खरेललाई ३९ हजार ८ सय ३८ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार मीना कुमारी खरेलले १४ हजार ५ सय ६४ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी तेस्रो स्थानमा रहनुभएका नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९ सय ९२ मत प्राप्त गर्नुभएको छ । योसँगै यस क्षेत्रबाट निर्वाचनमा होमिएका पराजित उम्मेद्वारहरु मध्य नेपाली काँग्रेसका मीना खरेल बाहेक सबैको जमानत जफत भएको छ । 

चितवन निर्वाचन क्षेत्र नम्बर २ मा कुल ८७ हजार २ सय २१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०८२ शनिवार - ०८:४३:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology