Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

प्रवासमा रहेर युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ

प्रवासमा रहेर युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ

इच्छाकामना न्युज

३, चैत्र २०८२
प्रवासमा रहेर युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ
images

 पश्चिम एशियामा जारी तनाव र युद्धसँग सम्बन्धित संवेदनशील फोटो तथा भिडियोहरू खिचेर सामाजिक सञ्जालमा राख्ने ६ जना नेपाली पक्राउ परेका छन् । 

images
images

परराष्ट्र मन्त्रालयले सम्बन्धित देशको कानून र सुरक्षा संवेदनशीलतालाई बेवास्ता गर्दै टिकटक, फेसबुकलगायतका सञ्जालमा भिडियो हाल्ने काम नगर्न कडा चेतावनी दिएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सम्बन्धित देशका सरकारहरूले युद्ध र सुरक्षासँग जोडिएका विषयमा भिडियो बनाउने, फोटो खिच्ने र त्यसलाई सामाजिक सञ्जालमा शेयर गर्ने कार्यलाई पूर्ण रूपमा प्रतिबन्ध लगाएको जानकारी दिए। 

अरूले बनाएका त्यस्ता सामग्री शेयर गर्नु पनि ती देशहरूमा गैरकानूनी मानिन्छ । पक्राउ परेकाहरूलाई त्यहाँको कानूनअनुसार ठूलो रकम जरिवाना हुने, लामो समय जेल बस्नुपर्ने र सजाय भुक्तान गरेपछि डिपोर्ट (देश निकाला) समेत हुनुपर्ने गम्भीर अवस्था रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले दुतावास र सञ्चारमाध्यममार्फत पटक–पटक सचेत गराउँदा पनि यस्ता घटना हुनु दुःखद् भएको बताउँदै त्यहाँको सरकारले गैरकानूनी मानेका कुनैपनि गतिविधिमा संलग्न नहुन सम्पूर्ण नेपाली श्रमिकहरूलाई विशेष अपिल गरेको छ । 

images
प्रकाशित मिति :चैत्र ३, २०८२ मंगलवार - १२:५५:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology