Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

मध्यरातमा सौतेनी आमाको ज्यान लिएर छोरा फरार

मध्यरातमा सौतेनी आमाको ज्यान लिएर छोरा फरार

इच्छाकामना न्युज

४, चैत्र २०८२
मध्यरातमा सौतेनी आमाको ज्यान लिएर छोरा फरार
images

काठमाडौं । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा एक व्यक्तिले आफ्नै सौतेनी आमाको हँसिया प्रहार गरी हत्या गरेका छन् । दोधाराचाँदनी नगरपालिका-४, मान्या चौराह निवासी ५० वर्षीय हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया आमा बिन्दा श्रेष्ठको हत्या गरेका हुन् ।

images
images

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मंगलबार राति करिब ९ बजेतिर सामान्य घरायसी विवादले उग्र रूप लिँदा छोरा हरिप्रसादले वृद्ध आमामाथि धारिलो हँसिया प्रहार गरेका थिए । हँसिया प्रहारबाट गम्भीर घाइते भएकी बिन्दाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीले जानकारी दिए ।

आक्रमणको क्रममा मृतककी नातेदार भगवतीदेवी श्रेष्ठसमेत घाइते भएकी छन् । उनलाई जोगाउन खोज्दा वा आक्रमणको चपेटामा पर्दा चोट लागेको प्रहरीको अनुमान छ । घाइते भगवतीदेवीको हाल दोधाराचाँदनी अस्पतालमा उपचार भइरहेको र उनको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

घटना लगत्तै आरोपित हरिप्रसाद श्रेष्ठ फरार भएका छन् । प्रहरीले घटनास्थलको प्रारम्भिक मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको छ । फरार अभियुक्तको खोजीका लागि जिल्ला र मातहतका प्रहरी कार्यालयबाट विशेष टोली परिचालन गरिएको डीएसपी शाहीले बताए । घरायसी रिसिइबीका कारण घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिए पनि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र ४, २०८२ बुधवार - ०९:३७:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology