Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

विमानस्थलबाट २८ हजार ९ सय अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

विमानस्थलबाट २८ हजार ९ सय अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

images

इच्छाकामना न्युज

५, चैत्र २०८२
विमानस्थलबाट २८ हजार ९ सय अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
images

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागिएको अमेरिकी डलरसहित तीन जना नेपाली नागरिक पक्राउ परेका छन् ।

नेपाल प्रहरीले आज (बिहीबार) विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थानतर्फको ह्याण्ड ब्यागेज चेकिङ क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा काठमाडौं नागार्जुन नगरपालिका-१ की ४५ वर्षीया अनिता लामा, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–६ की ३८ वर्षीया सङ्गीता लामा तथा लिशङ्खुपाखर गाउँपालिका-७ का ४७ वर्षीय विनोद लामा रहेका छन् ।

नेपाल प्रहरी का अनुसार उनीहरु चाइना साउथेनको उडान नम्बर सिजेड ६०६८ को उडान  मार्फत चीनको ग्वाङझाउ जान लागेका थिए । सो क्रममा शरीर खानतलासी तथा ब्यागेज स्क्रिनिङ गर्दा उनीहरुको साथबाट ठूलो परिमाणमा अमेरिकी डलर फेला परेको थियो ।

प्रहरीका अनुसार अनिता लामाको साथबाट १० हजार, सङ्गीता लामाको साथबाट १० हजार र विनोद लामाको साथबाट ८ हजार ९०० गरी जम्मा २८ हजार ९०० अमेरिकी डलर बरामद गरिएको हो ।

पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र ५, २०८२ बिहिवार - २१:३२:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology