Logo

बुधवार, कार्तिक २६ गते २०८३

images
२०८३, कार्तिक २६ गते
images

इनिशा मृत्यु प्रकरण: १३ दिनसम्म अनुसन्धान निष्कर्षविहीन

इनिशा मृत्यु प्रकरण: १३ दिनसम्म अनुसन्धान निष्कर्षविहीन

images

इच्छाकामना न्युज

६, चैत्र २०८२
इनिशा मृत्यु प्रकरण: १३ दिनसम्म अनुसन्धान निष्कर्षविहीन
images

सुर्खेत। वीरेन्द्रनगर नगरपालिका–१ की १६ वर्षीया इनिशा विकको मृत्यु भएको १३ दिन बितिसक्दा पनि घटनाको अनुसन्धान निष्कर्षमा पुग्न सकेको छैन। घटनालाई लिएर सुर्खेत प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सहयोगमा विस्तृत छानबिन अघि बढाइरहेको छ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा घटनामा संलग्न भएको आशंकामा चार जना बालकलाई नियन्त्रणमा लिएर बयान लिइरहेको छ। घटनास्थलबाट प्राप्त प्रमाण, मृतकको मोबाइल तथा अन्य विद्युतीय सामग्री र जैविक नमुनाहरू विधिविज्ञान प्रयोगशालामा पठाइएको छ। ती रिपोर्ट प्राप्त भएपछि मात्रै मृत्युको वास्तविक कारण स्पष्ट हुने प्रहरीको भनाइ छ।

घटनाबारे फरेन्सिक परीक्षणमा शारीरिक सम्बन्धका क्रममा गम्भीर चोटका कारण अत्यधिक रक्तस्राव भई मृत्यु भएको उल्लेख भए पनि पीडित परिवारले उक्त निष्कर्ष स्वीकार नगरी थप छानबिनको माग गर्दै आएका छन्। परिवारले सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

हाल घटनाको अनुसन्धान जारी रहेको र थप प्रमाण तथा प्रतिवेदनको आधारमा निष्कर्ष निकालिने प्रहरीले जनाएको छ।

images
प्रकाशित मिति :चैत्र ६, २०८२ शुक्रवार - ०७:४१:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology