Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

बस र पिकअपसँग ठोक्किँदा कारमा आगलागी

बस र पिकअपसँग ठोक्किँदा कारमा आगलागी

इच्छाकामना न्युज

९, चैत्र २०८२
बस र पिकअपसँग ठोक्किँदा कारमा आगलागी

जनार्जन खत्री, सर्लाही। पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दी नगरपालिका–६, कालिन्जोर पुलमा आइतबार राति दुईवटा गाडीसँग ठोक्किँदा एउटा भारतीय कारमा आगलागी भएको छ ।

images

राति पौने ९ बजेतिर बीआर ०१ पिएम ८८३३ नम्बरको कारमा आगलागी भएको हो । पूर्वबाट आउँदै गरेको उक्त कार मधेश प्रदेश ०४–००१ ख ०१५६ नम्बरको बसलाई पछाडिबाट ठक्कर दिएर ब्याक गरी भाग्न खोजेको थियो ।

भाग्नेक्रममा सो कार पूर्वतर्फबाट आइरहेको प्रदेश २–०२–००१ च ०११७ नम्बरको पिकअपमा ठोक्किएर आगलागी भएको हो । आगलागीबाट कारको अघिल्लो भागमा क्षति पुगेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवम् प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । कारमा लागेको आगो प्रहरी र स्थानीय भएर निभाएको इन्स्पेक्टर जोहारीले बताउनुभयो । प्रहरीले दुर्घटनामा परेका तीनवटै सवारी र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । 

images
प्रकाशित मिति :चैत्र ९, २०८२ सोमवार - १०:०१:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology