Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मेरो पक्राउ प्रतिशोधपूर्ण छ, कानुनी लडाइँ लड्छु: केपी ओली

मेरो पक्राउ प्रतिशोधपूर्ण छ, कानुनी लडाइँ लड्छु: केपी ओली

इच्छाकामना न्युज

१४, चैत्र २०८२
मेरो पक्राउ प्रतिशोधपूर्ण छ, कानुनी लडाइँ लड्छु: केपी ओली

काठमाण्डौ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पक्राउ गर्नु नवगठित सरकारको प्रतिशोधपूर्ण कदम भएको बताएका छन्।  एमाले अध्यक्षसमेत रहेका ओलीलाई प्रहरीले शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निवासबाटै पक्राउ गरेको थियो। उनलाई पक्राउको लागि प्रहरी रातभर गुण्डुस्थित ओलीको निवासमा तैनाथ थियो। 

images

पक्राउपछि ओलीलाई काठमाडौँ प्रहरी परिसर भद्रकाली लगिएको छ। गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा नागरिकको क्रममा ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अभियोगमा प्रहरीले पक्राउ गरेको हो। 

प्रहरी आफूलाई पक्राउ गर्न पुर्जी लिएर प्रहरी आएपछि उनले आफ्ना वकिलहरुसँग परामर्श गरेका थिए।  पक्राउ पर्नुअघि ओलीले पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईसँग परामर्श गरेका हुन्। 

पक्राउअघि ओलीले वकिलहरुसँग भनेका थिए, ‘यो पक्राउ प्रतिशोध पूर्वाग्रहपूर्ण छ। यसविरुद्ध कानुनी लडाईं लड्छु।’ वरिष्ठ अधिवक्ता भट्टराईले पनि ओलीको पक्राउ गैरकानुनी रहेको दाबी गरेका छन्। 

images
प्रकाशित मिति :चैत्र १४, २०८२ शनिवार - ०७:५८:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology