काठमाडौं । सरकारले प्रशासनिक खर्च कटौती र कार्यकुशलता अभिवृद्धिका लागि संघीय मन्त्रालयको संख्या घटाएर १७ वटा कायम गर्ने निर्णय गरेको छ।
बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले मुलुकको आर्थिक अवस्था र विभिन्न प्रशासनिक सुधार आयोगका सुझावहरूलाई मध्यनजर गर्दै मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो।
यसअघि कायम रहेका मन्त्रालयहरूलाई एकापसमा गाभेर सानो र छरितो मन्त्रिमण्डल बनाउने सरकारको लक्ष्य रहेको छ। मन्त्रालयको संख्या घटाउँदा अनावश्यक प्रशासनिक व्ययभार कम हुने, सरकारी निकायबीचको समन्वय प्रभावकारी हुने र सेवा प्रवाहमा हुने दोहोरोपन हट्ने विश्वास गरिएको छ।