Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

प्रलोपा अध्यक्ष सुदन किरातीले दिए राजीनामा

प्रलोपा अध्यक्ष सुदन किरातीले दिए राजीनामा

इच्छाकामना न्युज

१९, चैत्र २०८२
प्रलोपा अध्यक्ष सुदन किरातीले दिए राजीनामा

काठमाडौं । प्रगतिशील लोकतान्त्रि पार्टी (प्रलोपा) अध्यक्ष परिषदबाट सुदन किरातीले राजीनामा दिएका छन्।  गत मंसिर ७ गते गठन भएको पार्टीको अध्यक्ष परिषदमा दुर्गा सोव, सुदन किराती, सन्तोष परियार, अशोक जैसवाल, ओजस्वी भट्टराई थिए।

images

किरातीले केही दिनअघि राजीनामा दिएको अध्यक्ष परिषदका सदस्य सन्तोष परियारले पुष्टि गरे। ‘उनले राजीनामा दिनुभएको छ,’ परियारले भने। यसबारे विस्तृत जानकारी विज्ञप्तिमार्फत् दिइने परियारले बताए।

किरातीको राजीनामापछि अध्यक्ष परिषदको बैठक बुधबार राति अबेरसम्म बसेको थियो। त्यसको निर्णयको जानकारीसहितको विज्ञप्ति सार्वजनिक गरिने उनको भनाइ छ।

images
प्रकाशित मिति :चैत्र १९, २०८२ बिहिवार - १०:३५:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology