Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

सभामुखका लागि आज उम्मेदवारी दर्ता, आइतबार निर्वाचन

सभामुखका लागि आज उम्मेदवारी दर्ता, आइतबार निर्वाचन

इच्छाकामना न्युज

२०, चैत्र २०८२
सभामुखका लागि आज उम्मेदवारी दर्ता, आइतबार निर्वाचन

काठमाण्डौ । प्रतिनिधिसभाको सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार (चैत २२ गते) आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुखको निर्वाचन गर्ने तय गरिएको छ।

images

प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार ज्येष्ठ सदस्यले निर्वाचनको मिति र समय निर्धारण गरेसँगै निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको हो। सोही अनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।

उम्मेदवारी दर्ता सम्पन्न भएपछि दिउँसो २:३० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने संसद् सचिवालयले जनाएको छ। यदि एकभन्दा बढी उम्मेदवार भएमा चैत २२ गतेको बैठकमा मतदान प्रक्रिया अघि बढाइनेछ।

यद्यपि, प्रतिस्पर्धा हुने सम्भावना न्यून देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डोलप्रसाद अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। पार्टीको संसदीय दलको बैठकले अर्यालको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।

हालको प्रतिनिधिसभामा रास्वपाको स्पष्ट बहुमत रहेकाले अर्यालको विजय निश्चित छ। काठमाडौँ -९ बाट निर्वाचित अर्याल पार्टीका उपसभापति हुन्। उनी सभामुख निर्वाचित भएमा संवैधानिक व्यवस्था अनुसार पार्टी पदबाट राजीनामा दिनुपर्नेछ।

images
प्रकाशित मिति :चैत्र २०, २०८२ शुक्रवार - ०७:५७:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology