Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

मनकामना एफ. एम. का कार्यकारी निर्देशक प्रल्हाद पोखरेल अकोर्‍याबको लेखा समिति सदस्यमा निर्वाचित

मनकामना एफ. एम. का कार्यकारी निर्देशक प्रल्हाद पोखरेल अकोर्‍याबको लेखा समिति सदस्यमा निर्वाचित

इच्छाकामना न्युज

२७, फाल्गुण २०७७
मनकामना एफ. एम. का कार्यकारी निर्देशक प्रल्हाद पोखरेल अकोर्‍याबको लेखा समिति सदस्यमा निर्वाचित
images

काठमाण्डौ, २७ फागुन । गोरखाको पवित्र धार्मिकस्थल मनकामनाबाट प्रशारण हुने एकमात्र सामुदायिक रेडियो मनकामना एफ. एम. ९८.७ मेगाहर्जका कार्यकारी निर्देशक प्रल्हाद पोखरेलसामुदायिक रेडियो प्रशारक संघ (अकोर्‍याब) को लेखा समिति सदस्यमा सर्वसम्मत चयन हुनु भएको छ। यही फागुन २५ गतेदेखि सुरु भएको संघको सातौं महाधिबेशनबाट पोखरेल लेखा समिति सदस्यमा सर्वसम्मत चयन हुनुभएको हो।

images
images

देशभरका सामुदायिक रेडियोहरु छाता संगठनको रुपमा रहेको संघको बुधबार राती सम्पन्न निर्वाचनमा पोखरेलले नेपाल प्रेस युनियन, चौतारी र प्रेस मन्च नेपालको संयुुक्त प्यानलबाट लेखा समिति सदस्य पदको उमेद्वार बन्नु भएको थियो। 

यसैबिच नेकपा माओबादी केन्द्र निकट प्रेस सेन्टर नेपाल भने उक्त महाधिबेशन अबैधानिक ढंगले सञ्चालन गरेको भन्दै निर्वाचनको कुनै पनि कार्यक्रममा सहभागी भएन ।

images
प्रकाशित मिति :फाल्गुण २७, २०७७ बिहिवार - २१:२४:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology