Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

१ लाख ४० हजार घुससहित विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख पक्राउ

१ लाख ४० हजार घुससहित विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख पक्राउ

इच्छाकामना न्युज

२४, चैत्र २०८२
१ लाख ४० हजार घुससहित विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख पक्राउ
images

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्रका प्रमुख इन्जिनियर महेन्द्रकुमार दासलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ।

images
images

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीको टोलीले सञ्चालन गरेको स्टिङ अपरेसनका क्रममा उनलाई सप्तरीको भारदहबाट नियन्त्रणमा लिएको हो।

आयोगका प्रमुख यज्ञ पुरीका अनुसार सेवाग्राहीसँग घुस मागिरहेको सूचनाका आधारमा खटिएको टोलीले दासलाई घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको हो। पक्राउ परेका दासमाथि आवश्यक अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ।

images
प्रकाशित मिति :चैत्र २४, २०८२ मंगलवार - ०९:१९:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology