Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

बागमती प्रदेश सभाको बैठक नौ महिनापछि बस्दै

बागमती प्रदेश सभाको बैठक नौ महिनापछि बस्दै

images

इच्छाकामना न्युज

२४, चैत्र २०८२
बागमती प्रदेश सभाको बैठक नौ महिनापछि बस्दै
images

राममणि दाहाल, हेटौँडा। बागमती प्रदेशसभाको १७ औँ अधिवेशन मङ्गलबारबाट सुरु हुँदै छ । हेटौँडा उपमहानगपालिका वडा नम्बर २ स्थित हेटौँडा उपमहानगरपालिका परिसरमा रहेको मुख्यमन्त्री सभाहलमा अपराह्न ४ बजे बैठक बस्ने गरी अधिवेशन आव्हान गरिएको छ ।

हेटौँडा १० मा रहेको प्रदेशसभा सचिवालयसहितको सभाहल गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि नौ महिनापछि प्रदेश सभाको बैठक बस्न लागेको हो ।

प्रदेश सभाको बैठक गत साउन २७ मा बसेपछि बोलाउने तयारी गरिपनि विविध कारणले बस्न सकेको थिएन ।

बागमती प्रदेशसभाकी उपसभामुख अपसरा चापागाईँले प्रदेश सभाको आफ्नै हलको अभावमा मुख्यमन्त्री हलमा प्रदेश सभा बैठक सञ्चालन गर्न लागेको बताउनुभयो ।

मुख्यमन्त्री हलसमेत जेनजी आन्दोलनमा केही जलेकोमा उक्त भवनको सामान्य मर्मत गरेर प्रदेशसभा बैठक बस्ने तयारी गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘प्रदेशसभा भवनमा जेनजी आन्दोलनका क्रममा जलेर पूर्ण रुपमा क्षति भएपछि प्रदेश सभाको बैठक आज मङ्गलबारदेखिको मुख्यमन्त्री सभाहलमा अस्थायी रुपमा सञ्चालन गर्न लागिएको हो । नयाँ भवन निर्माण नभएसम्म मुख्यमन्त्री सभाहलमा अस्थायी रुपमा बैठक सञ्चालन हुने छ ।’’

जेनजी आन्दोलनको क्रममा तत्कालीन सभामुख भुवनकुमार पाठकले सभामुख पदबाट गत असोज १ मा राजीनामा दिएपछि उहाँको राजीनामा बारे गत मङ्सिर ४ गते सूचना जारी गरी सार्वजनिक गरिएको थियो ।

सभामुखले दिएको राजीनामा प्रदेश सभा बैठक चलेको अवस्थामा बैठकमा जानकारी गराउने र नचलेको अवस्थामा सार्वजनिक रुपमा सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था रहेको प्रदेश सभाका सचिव रामकुमार पौडेलले बताउनुभयो ।

पुरानो सचिवालय भवनमा मर्मत सम्भार गरेर सचिवालय, संसदीय दलका कार्यालय र सुरक्षाकर्मी बस्ने व्यवस्था मिलाइएको छ ।

सभाहलका लागि आवश्यक माइकलगायतका सामाग्री भाडामा र जेनेरेटर आन्तरिक मामिला मन्त्रालयबाट व्यवस्था गरिएको छ । टेबुल, कुर्सी र पर्दालगायतका कार्यालय सामग्रीहरू नयाँ खरिद गरी प्रदेश सभा बैठकको लागि तयारी गरिएको उहाँले सुनाउनुभयो ।

प्रदेशसभाको बैठकको कार्यसूची तय गर्न आजै प्रदेश सभाको बैठक बस्नुअघि दिउँसो १ बजे सर्वदलीय बैठक र २ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने तय भएको छ ।

आज मङ्गलबारको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू वाचन गर्ने, प्रदेश सभा बैठक सञ्चालनका लागि सदस्यहरूको मनोनयन र प्रदेश सभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख नेताहरूले शुभकामना दिने कार्यक्रम रहने गरी कार्यसूची प्रस्ताव गरिनेभएको छ ।

चालु अधिवेशनमा सवारी तथा यातायात व्यवस्था ऐनको उत्तर विधायिकी परीक्षण प्रतिवेदन, प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश लोकसेवा आयोग र आदिवासी जनजाति आयोगका वार्षिक प्रतिवेदनहरू पेस गरिने भएको छ ।

यस्तै रिक्त सभामुख पदमा नयाँ सभामुख चयनको प्रक्रिया अघि बढाइनभएको छ । सर्वदलीय बैठकबाट सभामुख चयनको कार्यसूची तय गरी निर्वाचनको सूचना जारी हुने छ ।

सभामुख पद रिक्त रहेको अवस्थामा प्रदेश सभाको बैठक सञ्चालन भएको १५ दिनभित्र निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था रहेको छ । 

images
प्रकाशित मिति :चैत्र २४, २०८२ मंगलवार - ०९:२४:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology