Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

कावासोतीमा पुनः सुरु भयो जग्गाको नापी

कावासोतीमा पुनः सुरु भयो जग्गाको नापी

इच्छाकामना न्युज

२५, चैत्र २०८२
कावासोतीमा पुनः सुरु भयो जग्गाको नापी

ज्ञानु पंगेनी, मध्यविन्दु । नवलपुरको कावासोती नगरपालिकामा जग्गा नापीको काम पुनः सुरु गरिएको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गर्ने उद्देश्यसहित वडा नं. ८ बाट पुनः नापजाँचको काम सुरु गरिएको हो ।

images

जेनजी आन्दोलनपछि भूमिसम्बन्धी आयोग विघटन भएको थियो । अदालतको आदेशपछि आयोग पुनःस्थापना भएसँगै रोकिएको नापी कार्य फेरि अघि बढाइएको हो ।

कावासोती नगरपालिकाको भूमिहीन तथा अव्यवस्थित बसोबासी व्यवस्थापन इकाइ प्रमुख पवन रुपाखेतीका अनुसार नगरपालिकाभित्र नापीको काम बाँकी रहेका वडाहरूमा अहिले पुनः नापी सुरु गरिएको हो ।

कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश पाण्डेले क्रमशः सबै वडामा नापी कार्य अगाडि बढाइने जानकारी दिनुभयो । साथै यसअघि नापी सम्पन्न भइसकेका स्थानमा आयोगसँग समन्वय गरी जग्गाधनी पुर्जा वितरण प्रक्रिया पनि सुरु गरिने उहाँले बताउनुभयो । नगरपालिकाले भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न नापी कार्यलाई प्राथमिकताका साथ अघि बढाउने उहाँको भनाइ छ ।

कावासोती नगरपालिका भित्रका १७ वटा वडामध्ये धेरैजसो वडामा यसअघि नै जग्गा नापी भइसकेको छ । वडा नं. १, ४ र ५ मा केही जग्गाधनी पुर्जा समेत वितरण गरिसकिएको छ ।

भूमिहीनहरूलाई पुर्जा दिने विषयमा जनप्रतिनिधिका रूपमा गर्नुपर्ने समन्वय र खेल्नुपर्ने भूमिकामा कुनै कसर बाँकी नराखी भूमिहीन तथा सुकुम्वासीलाई जग्गाको मालिक बनाउने नगर प्रमुख विष्णुप्रसाद भुसालले बताउनुभएको छ ।

कावासोती नगरपालिका भित्र हालसम्म भूमिहीन दलित ६९७, भूमिहीन सुकुम्वासी १,२४० र अव्यवस्थित बसोबासी ५, ५ ९ ६ जनाले फाराम भरेको इकाइ प्रमुख रुपाखेतीले जानकारी दिनुभएको छ ।

images
प्रकाशित मिति :चैत्र २५, २०८२ बुधवार - १०:२१:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology