Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

आज पनि एमाले र जसपा बिच कार्यदलस्तरमै छलफल हुदै

आज पनि एमाले र जसपा बिच कार्यदलस्तरमै छलफल हुदै

images

इच्छाकामना न्युज

२८, फाल्गुण २०७७
आज पनि एमाले र जसपा बिच कार्यदलस्तरमै छलफल हुदै
images

काठमाडौं, २८ फागुन । जनता समाजवादी पार्टी (जसपा) र प्रधानमन्त्री केपी ओलीबीच आज कार्यदल स्तरमा छलफल हुँदैछ ।सत्तासमिकरणका लागि नेकपा (एमाले) बीच आज पनि कार्यदरस्तरमा अनौपचारिक छलफल हुन लागेको हो । यसका लागि नेकपा (एमाले) ले का नेताहरु सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल र राजन भट्टराई सम्मिलित कार्यदल गठन गरेको छ भने जसपाले पनि नेताहरु सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण सम्मिलित कार्यदल गठन गरेको छ ।

यसअघि बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफल सकारात्मक रहेको र आज पनि कार्यदलस्तरमा थप छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्विट मार्फत बताएका छन । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसंग भएको छलफल सकारात्मक भएको जसपाका नेताहरुले पनि बताएका थिए ।

बिहीबारको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै जसपा नेता लक्ष्मणलाल कर्णले छलफल सकारात्मक दिशामा केन्द्रित रहेको र आज पनि कार्यदल तहमा थप विचार विमर्श हुने जानकारी दिए । जसपाले कैदीबन्दीको रिहाइ, मुद्दा फिर्ता एवं संविधान संशोधनको माग राख्दै आएको छ ।

बिहीबारको छलफलमा प्रधानमन्त्रीले ती मागका विषयमा आफू सकारात्मक रहेको बताएका नेता कर्णको भनाइ छ ।प्रधानमन्त्रीसँगको छलफल गर्न अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव तथा नेताहरु राजेन्द्र महतो र अशोक राई प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

images
प्रकाशित मिति :फाल्गुण २८, २०७७ शुक्रवार - ०७:५८:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology