Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

गोरखामा महिला नेतृत्व क्षमता विकास तालिम

गोरखामा महिला नेतृत्व क्षमता विकास तालिम

इच्छाकामना न्युज

२५, चैत्र २०८२
गोरखामा महिला नेतृत्व क्षमता विकास तालिम

गोरखा । गोरखा नगरपालिका वडा नं २ को ताप्लेमा महिला नेतृत्व क्षमता विकास सम्वन्धी ३ दिने तालिम सम्पन्न भएको छ । गाइखुर सामुदायिक सिकाई केन्द्रद्वारा आयोजित तालिमको समापन गोरखा नगरपालिका वडा नं २ का वडाध्यक्ष रहमतुल्ला मियाँको प्रमुख आतिथ्यताता र सवनम मियाँको सभापतित्वमा थियो । 

images

7aa3569c-3321-4666-bf75-426715b7ec0d.jpeg

तालिम समापन कार्यक्रममा वडा सदस्य रन्जिता थापामगर, प्रशिक्षक भीमलाल श्रेष्ठ, तालिमका सहभागीहरु मनु थापामगर, विष्णु बोहरा, लक्ष्मी श्रेष्ठ, सरिफा मियाँ लगायतले मन्तव्य व्यक्त गरेका थिए । तालिममा नेतृत्व, नेतृत्वका गुणहरु, उद्घोषण तथा भाषण कला, सूचना, सञ्चार र मिथ्या सूचना पहिचान लगायतका विषयमा प्रशिक्षण दिइएको सामुदायिक सिकाई केन्द्रकी सहजकर्ता जमिला खातुनले जानकारी दिइन ।

images
प्रकाशित मिति :चैत्र २५, २०८२ बुधवार - १२:४०:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology