Logo

बुधवार, कार्तिक २६ गते २०८३

images
२०८३, कार्तिक २६ गते
images

नयाँ वर्षको सुरुआतसँगै एकैदिन तीन कम्पनीलाई आईपीओ निष्कासन अनुमति

नयाँ वर्षको सुरुआतसँगै एकैदिन तीन कम्पनीलाई आईपीओ निष्कासन अनुमति

images

इच्छाकामना न्युज

३, बैशाख २०८३
नयाँ वर्षको सुरुआतसँगै  एकैदिन तीन कम्पनीलाई आईपीओ निष्कासन अनुमति
images

काठमाडौं। नेपाल धितोपत्र बोर्डले नयाँ वर्षको सुरुआतसँगै एकैदिन तीन कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ। बोर्डले एभरेष्ट कलर लिमिटेड, माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड र सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडलाई आईपीओ जारी गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो।

स्वीकृतिअनुसार एभरेष्ट कलर लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ७ लाख ९० हजार कित्ता सेयर निष्कासन गर्नेछ। यस कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

यस्तै, माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँकै दरमा २५ लाख ८० हजार कित्ता सेयर सार्वजनिक गर्ने अनुमति पाएको छ। यसको बिक्री प्रबन्धकको जिम्मेवारी एनआइएमबि एस क्यापिटल लिमिटेडले पाएको छ।

सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडले पनि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्नेछ। यस कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

बोर्डबाट स्वीकृति पाएसँगै तीनै कम्पनीले अब छिट्टै आह्वानपत्र सार्वजनिक गरी सर्वसाधारणका लागि सेयर बिक्री प्रक्रिया अघि बढाउनेछन्।

images
प्रकाशित मिति :बैशाख ३, २०८३ बिहिवार - ०८:१५:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology