Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीको ड्याममा डुबेर बेपत्ता भएका पुरुष मृत फेला

आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीको ड्याममा डुबेर बेपत्ता भएका पुरुष मृत फेला

इच्छाकामना न्युज

३, बैशाख २०८३
आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीको ड्याममा डुबेर बेपत्ता भएका पुरुष मृत फेला

तनहुँ । तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा बेपत्ता भएका एक पुरुष मृत फेला परेका छन् ।

images

दुई दिनअघि नुहाउने क्रममा बेपत्ता भएका स्थानीय टीका मगरको शव बुधबार फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटार र सशस्त्र प्रहरी बल मनकामना गणको संयुक्त टोलीले खोजतलास गर्ने क्रममा उनको शव फेला पारेको हो ।

प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार बेपत्ताको खोजीका लागि सोमबारदेखि नै टोली परिचालन गरिएको थियो ।

images
प्रकाशित मिति :बैशाख ३, २०८३ बिहिवार - ०८:३४:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology