Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

पछिल्लो २४ घण्टामा थप २६३८ जनामा कोरोना संक्रमण, १२ जनाको ज्यान गयो

पछिल्लो २४ घण्टामा थप २६३८ जनामा कोरोना संक्रमण, १२ जनाको ज्यान गयो

इच्छाकामना न्युज

२८, आश्विन २०७७
पछिल्लो २४ घण्टामा थप २६३८ जनामा कोरोना संक्रमण, १२ जनाको ज्यान गयो

काठमाण्डौं,२८ असोज
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरको प्रयोगशालामा १३ हजार नौ सय ४७ जनाको नमुना परीक्षण गर्दा २ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको कुल सङ्ख्या एक लाख १७ हजार ९ सय ९६ पुगेको छ। 
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार १ सय ७४ जना निको भएर घर फर्किएका छन्। योसँगै कोरोना जितेर घर फर्किनेको सङ्ख्या ८० हजार ९ सय ५४ पुगेको छ।  
हाल देशभर ३६ हजार ३ सय ६७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् भने चार हजार ६ सय ६६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ। 
यस्तै पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको ज्यान गएको छ। योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय ७५ जना पुगेको मन्त्रालयले जनाएको छ।

images

images
प्रकाशित मिति :आश्विन २८, २०७७ बुधवार - १६:४१:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology