Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आगलागीबाट उदयपुरमा २ जनाको मृत्यु

आगलागीबाट उदयपुरमा २ जनाको मृत्यु

इच्छाकामना न्युज

८, बैशाख २०८३
आगलागीबाट उदयपुरमा २ जनाको मृत्यु

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–७, बेल्टार बजारमा आगलागी हुदा दुई जनाको मृत्यु भएको छ । गएराति भएको आगलागीमा परेर लक्ष्मीनारायण खड्का र पवन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

images

आगालागीबाट लक्ष्मीनारायण र रविनकुमार दासको घर पूर्ण रूपमा ध्वस्त भएको छ । लक्ष्मीनारायणको घरमा रहेको पुस्तक पसलको गोदाम समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीको कारण एकिन नभएपनि लक्ष्मीनारायणको भान्छा घरमा विद्युत् सर्टका कारण आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । काठको घर भएकाले सहजै आगलागी भएको हो ।

आगो नियन्त्रणका लागि चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिका र सप्तरीको कञ्चनरूप नगरपालिकाबाट दमकल खटिएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीयवासीको सक्रिय सहयोगमा करिब तीन घण्टापछि आगो नियन्त्रणमा लिइएको जनाइएको छ ।

images
प्रकाशित मिति :बैशाख ८, २०८३ मंगलवार - ०८:४८:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology