भरतपुर
२० औँ लोकतन्त्र दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले “सद्भाव प्रवद्र्धन,विधिको शासन र लोकतन्त्रको संरक्षण “ विषयक नागरिक संवाद कार्यक्रम भरतपुरको चौविसकोठिमा सम्पन्न भएको छ ।
शान्ति समाज चितवन शाखाका सभापति पुर्णचन्द्र चापागाईंको अध्यक्षतामा सम्पन्न नागरिक संवाद कार्यक्रमको सहजिकरण उपसभापति जीवन के सी ले गरेका थिए ।
नागरिक संवाद कार्यक्रममा संस्थापक केन्द्रीय सदस्य कृष्ण कँडेल , पूर्व केन्द्रीय उपसभापति उद्धव लोहनी ,केन्द्रीय सदस्य शम्भु राउत ,मानवअधिकार सञ्जाल चितवनका संयोजक दीपक लामिछाने , महिला अधिकारकर्मी सुस्मिता खाती ,पूर्व जिल्ला उपसभापति शिव शर्मा लगायतका अधिकारकर्मी २० औ लोकतन्त्र दिवसको अवसरमा शुभकामना तथा नागरिक संवादको विषयवस्तुमा केन्द्रित रहेर आफ्नो भनाइहरू व्यक्त गरेका थिए । शान्ति समाज केन्द्रले तयार गरेको अवधारणा पत्र कोषाध्यक्ष कृति चौधरीले प्रस्तुत गरेका थियो भने स्वागत मन्तव्य कार्यसमिति सदस्य सुमि गौतमले राखेका थिए ।