Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

एकल महिलाहरूलाई जीवन जिउने कला सम्बन्धी प्रशिक्षण

एकल महिलाहरूलाई जीवन जिउने कला सम्बन्धी प्रशिक्षण

images

इच्छाकामना न्युज

११, बैशाख २०८३
एकल महिलाहरूलाई जीवन जिउने कला सम्बन्धी प्रशिक्षण
images

रत्ननगर 

रत्ननगर नगरपालिका वडा नं ९ का एकल महिलाहरूलाई जीवन जिउने कला सम्बन्धी प्रशिक्षण दिइएको छ । वडा स्तरीय एकल महिला समन्वय समितिको आयोजना तथा वडा कार्यालयकाे समन्यनमा भएको उक्त कार्यक्रममा ७० जना एकल महिलाहरू सहभागी भएका छन् ।

वडा सचिव सूर्यप्रसाद ढुङ्गानाले सञ्चालन गरेको उद्‌घाटन कार्यक्रममा वडाध्यक्ष अनन्त अधिकारीले तनाव व्यवस्थापन, व्यायाम सहित खुसी जीवनका लागि मान्छेले अवलम्बन गर्नुपर्ने कुराहरू सिकाउन कार्यक्रम आयोजना गरिएको बताए ।

 व्यक्तिगत जीवनमा आइपर्ने नैरस्यताको अन्त्य गर्दै जीवनलाई खुसीमय बनाउने कला सिकाइएको उनको भनाई छ । जिल्ला समन्वय समितिकी सदस्य सविता चौधरीले मानिसले उदासीपनले हटाउन सके जीवनलाई सार्थकता बनाउन सकिने बताइन् । कार्यक्रममा प्रशिक्षकहरू पवनकुमार नेपाल र गीता अधिकारीले सहजीकरण गरेका थिए । 

कार्यक्रममा वडा सदस्य शुष्मा खड्काथोकी, कमानसिंह चौधरी, लेखबहादुर तामाङ, वडा स्तरीय एकल महिला समन्वय समितिकी उपाध्यक्ष सम्झना कोइराला लगायतको उपस्थिति रहेको थियो ।  

images
प्रकाशित मिति :बैशाख ११, २०८३ शुक्रवार - १७:३१:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology