Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

लागूऔषध र जरायोको सिङसहित देवघाटमा एक जना पक्राउ

लागूऔषध र जरायोको सिङसहित देवघाटमा एक जना पक्राउ

इच्छाकामना न्युज

१२, बैशाख २०८३
लागूऔषध र जरायोको सिङसहित देवघाटमा एक जना पक्राउ
देवघाट । तनहुँ प्रहरीले लागुऔषध र विभिन्न सामाग्रीसगित एक जनालाई पक्राउ गरेको छ । देवघाट गाउँपालिका -५ सेतीभतेरी टोलबाट लागूऔषध तथा विभिन्न अवैध सामानसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
 
प्रहरी टोलीले स्थानीय ३६ वर्षीय रोहित भन्ने कृष्ण तामाङलाई पक्राउ गरेको हो । उनको घर, पूजा कोठा, सुत्ने कोठालगायत विभिन्न स्थानमा चेकजाँच गर्दा लागूऔषधसहित वन्यजन्तुसँग सम्बन्धित शंकास्पद वस्तु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।
680822094_26283652421316674_6739537540126462331_n.jpg
 
प्रहरीले २४८ क्यापसुल ट्रामाडोल, २०० ग्राम गाँजा, २५० क्यापसुल भोमिन, जरायोको सिङजस्तो देखिने २ थान, गैडाको छालाजस्तो देखिने सानो टुक्रा १ थान, पञ्चमुखे शंख १ थान, नख १ थान, सानो खुकुरी दाबसहित १ थान, रेडमी र क्यूटेल मोबाइल १/१ थान, त्रिकोण आकारका चार वटा छालाजस्ता टुक्रा, जरायोको सिङजस्तो देखिने साना टुक्रा ४ थान र सानो चक्कु १ थान बरामद गरिएको हो ।
 
तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय आबुखैरेनी ल्याइएको छ । बरामद गरिएका वन्यजन्तुसँग सम्बन्धित देखिने सामग्रीको अनुसन्धान भैरहेको छ ।

images
प्रकाशित मिति :बैशाख १२, २०८३ शनिवार - ०९:४८:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology