भरतपुर । विगत २५ वर्षदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय युनिक्याम्पस ग्लोबल चितवनले उच्च शिक्षाका लागि स्वदेश तथा विदेश अध्ययन गर्न इच्छुक विद्यार्थीको विश्वास जित्दै आएको छ । गुणस्तरीय परामर्श सेवा प्रदान गर्दै आएको संस्थाले आइतबार लायन्सचोकस्थित जोशी भवनमा आफ्नो स्थानान्तरण गरिएको नयाँ कार्यालयको उद्घाटन गरेको छ ।
नयाँ कार्यालयको उद्घाटन युनिक्याम्पस ग्लोबल चितवनका अध्यक्ष जीवन केसीले गरेका थिए । कार्यक्रममा बोल्दै उनले गुणस्तरीय शैक्षिक परामर्शमार्फत विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको अवसरसँग जोड्दै आएको संस्थाको आगामी यात्रा अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा संस्थाका प्रबन्ध निर्देशक रविलाल खरेलले संस्थाले विगत २५ वर्षदेखि प्रदान गर्दै आएको सेवा, नयाँ कार्यालय स्थानान्तरणको उद्देश्य, आगामी योजना तथा विद्यार्थीलाई उपलब्ध गराइने सेवा सुविधाबारे जानकारी गराएका थिए । उनले विशेषगरी अष्ट्रेलिया, युनाइटेड किङ्डम, क्यानडा लगायतका गन्तव्यमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गर्दै संस्थाले अझ प्रभावकारी सेवा विस्तार गर्ने बताए ।
युनिक्याम्पस ग्लोबल चितवनमार्फत आइएलटिएस तथा पिटिई तयारी कक्षासमेत सञ्चालन हुँदै आएका छन् । अनुभवी परामर्शदाता, प्रभावकारी तयारी कक्षा तथा विद्यार्थीमैत्री वातावरणमा संस्थाले शैक्षिक परामर्श क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको छ ।
विद्यार्थीलाई सही गन्तव्य छनोट, आवेदन प्रक्रिया, भिसा प्रक्रिया तथा परीक्षा तयारीमा एकीकृत सहयोग उपलब्ध गराउँदै आएको युनिक्याम्पस ग्लोबल चितवन पछिल्लो समय उच्च शिक्षाका लागि भरपर्दो शैक्षिक परामर्श केन्द्रका रुपमा स्थापित बन्दै गएको छ । नयाँ कार्यालय उद्घटनसँगै संस्थाले आफ्नो सेवालाई अझ प्रभावकारी र पहुँचयोग्य बनाउने विश्वास व्यक्त गरेको छ ।