Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

मालिक बन्ने ठाउँ रास्वपा होइन : सभापति रवि लामिछाने

मालिक बन्ने ठाउँ रास्वपा होइन : सभापति रवि लामिछाने

images

इच्छाकामना न्युज

१४, बैशाख २०८३
मालिक बन्ने ठाउँ रास्वपा होइन : सभापति रवि लामिछाने
images

काठमाडौँ 

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले मालिक बन्नेहरूका लागि रास्वपा उपयुक्त नभएको बताएका छन् । लामिछानेले रास्वपा सांसद विश्वराज पाेखरेललाई लक्षित गर्दै यस्ताे बताएका हुन् । ओखलढुङ्गाबाट निर्वाचित रास्वपाका उम्मेदवार विश्वराज पोखरेलले केही दिनअघि जिल्लाको एक पालिकामा प्रधानाध्यापकले आफूलाई स्वागत नगरेको विषयमा थर्काएका थिए । 


प्रधानाध्यापकमाथि पोखरेलले देखाएको व्यवहारबारे सर्वत्र आलोचना भएपछि उनले क्षमा समेत मागेका थिए । त्यसै विषयमा सोमबार सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै रविले भने,‘जसलाई मालिक हुन मन छ, त्यसका लागि रास्वपा होइन । हामी मालिक होइनाैँ, सेवक हौँ । यो हेक्का सबैलाई हुनुपर्छ । मालिक हुन मन हुनेहरूको लागि अन्य कुनै ठाउँ होला ।’
यद्यपि उनले सार्वजनिक रूपमै क्षमा आइसकेको अवस्थामा अरू साथीहरूलाई पनि हेक्का रहोस् भनेर सचेत गराएका छन् । लामिछानेले आफूहरू मालिक हुन मन भएर नभई सेवक हुन राजनीतिमा आएको जिकिर समेत गरे । 
 

‘सबै साथीहरूले यसैलाई मध्यनजर गर्नुहोला । यस्ता खालका अभिव्यक्ति मानसपटलमा भए पनि अभिव्यक्त हुन सक्दैन’, उनले भने । यसैगरी सिन्धुलीमा प्रहरी हिरासतमै एक दलित व्यक्तिको मृत्यु भएको प्रकरणमा रास्वपा सांसद खगेन्द्र सुनारले दिएको अभिव्यक्तिलाई लिएर लामिछानेले पीडाको अभिव्यक्ति सुन्नुपर्ने बताए।

images
प्रकाशित मिति :बैशाख १४, २०८३ सोमवार - १७:४०:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology