Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

चितवनमा क्होइवो निर्माणका लागि बुद्ध जयन्तीको दिन एक्सिस ब्याण्डको कन्सर्ट आयोजना हुदैँ

चितवनमा क्होइवो निर्माणका लागि बुद्ध जयन्तीको दिन एक्सिस ब्याण्डको कन्सर्ट आयोजना हुदैँ

images

इच्छाकामना न्युज

१५, बैशाख २०८३
चितवनमा क्होइवो निर्माणका लागि बुद्ध जयन्तीको दिन एक्सिस ब्याण्डको कन्सर्ट आयोजना हुदैँ
images

चितवन ।

चितवनमा गुरुङ समुदायको पवित्र घर (क्होइवो धीं) निर्माणका लागि बुद्ध जयन्तीको दिन एक्सिस ब्याण्डको प्रस्तुती रहने गरी भव्य सांगीतिक कार्यक्रमको आयोजना हुने भएको छ । चितवनको भरतपुरमा आज पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रम आयोजक गुरुङ समुदायको धार्मिक संस्था तमु प्ये ल्हु संघ चितवनले कार्यक्रम बारे जानकारी दिएको हो । 

684167824_1967153047225984_6874987253295988742_n.jpg

पत्रकार सम्मेलनमा आयोजकले दिएको जानकारी अनुसार नारायणगढ स्थित क्याम्पाचौरमा यहि वैशाख १८ गते बुद्धजयन्तीका दिन आयोजना हुने कार्यक्रममा एक्सिस ब्याण्ड सहित लिल झोला ब्याण्ड, काटाभ योगन जस्ता चर्चित ब्याण्डका कलाकारहरुको साँस्कृतिक प्रस्तुति रहनेछ । 

681266215_1967153003892655_286869432194752081_n.jpg

यस्तै कार्यक्रमबाट संकलित रकमले चितवनमा निर्माणमा हुन लागिरहेको गुरुङ समुदायको पवित्र धार्मिक घर क्होइवो धीं निर्माणमा खर्च गरिने आयोजक तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष बिक्रम गुरुङले जानकारी दिनुभयो । अध्यक्ष गुरुङका अनुसार संस्थाले चितवनमा करिब ३ करोड खर्च गरेर क्होइवो धीं निर्माण गर्दैछ । जसका लागि संस्थाले यस अघि पनि विभिन्न अभियानहरु संचालन गरेर रकम संकलन गरिरहेको छ । 

684186763_1967153293892626_6225107025272144865_n.jpg

कार्यक्रमलाई व्यवस्थित रुपमा सफलतापूर्वक सम्पन्न गराउन नेपाल डायरीज लगायतका संस्थाहरूले व्यवस्थापनमा सहयोग गरिरहेका छन्। साथै आयोजकले सम्पूर्ण सञ्चारकर्मी, दर्शक तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहयोग गर्न आग्रह पनि गरेको छ।

images
प्रकाशित मिति :बैशाख १५, २०८३ मंगलवार - १८:२९:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology